निषेधाज्ञाले न्यास्रिएको फेवा ताल (फोटो फिचर)
कोरोनाको दोस्रो लहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । यसको प्रत्यक्ष असर पोखराको फेवा तालले पनि भोगेको छ । सामान्य अवस्था हुँदो हो त फेवातालमा डुंगा चलिरहेका हुन्थे, मान्छेको भीडभाड हुन्थ्यो भने आकाशमा प्याराग्लाइडिङ उडिरहेका हुन्थे ।

जमिन र आकाश दुवै व्यस्त रहने फेवाताल यतिबेला न्यास्रिएको छ । साँच्चै, लामोसमयपछि फेवातालले थकाइ मारेको छ । बन्दाबन्दीले गर्दा फेवातालबाटै गुजारा चलाउँदै आएका धेरैको रोजीरोटी खोसिएको छ । फेवातालको किनारमा केही खेतीयोग्य जमिन छ । त्यहाँ यतिबेला वर्षे चटारो छाएको छ । लाठे रोपार धान रोप्न व्यस्त छन् । त्यसो त फेवातालले पर्यटक कुरिरहेको छ । कहिले आउला त्यो दिन ?



















तस्विर : राजकुमार श्रेष्ठ