English

एक्लै बस्दा डर लाग्यो ? यसो गर्नुहोस् !



जारी निषेधाज्ञामा काम छोडेर घरमा बस्दा अधिकांशले एक्लो महशुस गरिरहेका छन् । यो परिस्थितिमा व्यक्तिलाई एक्लोपन महशुस हुनु, छटपटी हुनु, डर लाग्नु जस्ता समस्या देखिएको मनोचिकित्सकहरुले बताएका छन् । जीवशैलीमा परिवर्तन आउनु र व्यक्तिमा यस्तो समस्या देखिनु मान्छे सक्रिय हुनु हो । यो अवस्थालाई जटिल समस्याको रुपमा लिनु हुँदैन । तर यी समस्याका कारणले निन्द्रा र खानपान बिग्रिएमा, नकरात्मक सोच आएमा गम्भीरतापूर्वक लिनुपर्छ । यो एक किसिमको रोग हो, जसलाई ‘एन्जाइटी’ भनिन्छ । यी समस्याबाट जोगिन मनोविश्लेषक गोपाल ढकालको सुझाव यस्तो छ ।

–हालको समयमा सामान्य चिन्ता र डर आउँछ । डराउने समस्या स्वभाविक हो की अस्वभाविक आफैले मूल्याङ्कन गर्ने । कोरोनाको संक्रमण हुन्छ की जस्ता डरले तपाईलाई थप सचेत बन्न मद्दत गर्छ । तपाईलाई लाग्ने डर वा चिन्ताको मूल्याङ्कन गर्न नसकेमा साथीभाई अथवा मनोविद्को सल्लाह लिने ।

–समान्य डर हो भने त्यो आफै ठिक भएर जान्छ । जसका लागि तपाईले आफ्नो दैनिकीलाई व्यवस्थित बनाउनु पर्छ ।

–तपाईको डर अस्वभाविक ‘एन्जाइटी’ हो भने मनोविद्को परामर्श लिन लिन सकिन्छ ।

–डर के कारणले, के समस्याले लागेको हो त्यसको पहिचान गरेर समाधान गर्ने ।

–तपाईलाई जे कुराको डर लाग्छ त्यसबारे अपडेट हुनका लागि साँझ बिहानको साटो दिउँसो अपटेड हुने ।

–समाजिक सञ्जालबाट अपुष्ट जानकारी आउने भएकाले यसको कम प्रयोग गर्ने ।

–डरलाई हटाउनका लागि तपाईको मनलाई जे कुराले आनन्द दिन्छ त्यही कार्य गर्नुपर्छ । पुस्तक पढ्दा, फिल्म हेर्दा, साथीभाईसँग कुरा गर्दा मनमा खुशी फिल्छ भने त्यही कार्य गर्नुपर्छ । मनलाई खुशी राख्दा डर लाग्दैन ।

–तनाव हुँदा डर लाग्ने भएकाले तनावलाई व्यवस्थापन गर्ने ।

–शरीरिक व्यायाम गर्ने । व्यायाम गर्दा मनलाई खुशी, आनन्द दिने मस्तिष्क रसायन निस्किन्छ । खुशी रहँदा तनाव मुक्त हुन्छ र डर लाग्दैन ।

–नियमित ध्यान गर्ने । ध्यान गर्दा मनमा अनेक कुराहरु खेल्छन् र नकारत्मक कुराहरु बिस्तारै कम हुदै जान्छन् । तपाईलाई जति धेरै तनाव हुन्छ त्यति नै ध्यान गर्नु पर्छ ।

– तानवमा भएका समयमा अमिलो, पिरो नखाने, मसलेदार खानेकुरा नखाने । फलफूल खाने, प्रशस्त मात्रामा पानी पिउने लगायत खानपानमा पनि विशेष ध्यान दिने गर्नु पर्छ ।

– प्रत्येक दिन एकै समयमा सुत्ने र एकै समयमा उठ्ने, कम्तिमा दिनमा ८ घण्टा अराम गर्ने ।

–हालको परिस्थितिमा निन्द्रा लागेन , चिन्ता भयो भनेर मादक पदार्थ, लागुपदार्थ सेवन गर्ने जस्ता गलत खानपान र व्यवहार गर्न हुँदैन ।

–दैनिक जीवनशैलीलाई व्यवस्थित बनाउने र डर, चिन्ताबाट मुक्त रहने ।

यो पनि पढ्नुहोस्
बालबालिकामा देखियो ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम, के हुन् लक्षण ?
यसपालिको मनसुनबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
वर्षायाम सुरु : के छ सरकारको पूर्व तयारी ?
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested