English

कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?



कोरोना भाइरसको असर मानिसमा मात्र शारीरिक नभई मानसिक रुपमा पनि पर्न थालेको छ । यसका कारण केही पारिवारिक सम्बन्धमा पनि तनाव उत्पन्न भएको स्थिती छ ।

त्यति मात्रै होइन, उनीहरुको सेक्स लाइफमा पनि धेरै परिवर्तन भएको छ । विज्ञका अनुसार, यो महामारीका कारण मानिसमा तनाव बढीरहेको छ र यौन इच्छामा कमी आएको छ । यसैबीच के फेरि राम्रो सेक्स लाईफको सुरुवात गर्न सकिन्छ ? भन्ने कपल्समा ठूलो प्रश्न खडा भएको छ ।

एक्सपर्टका अनुसार पार्टनर्सले एक राम्रो र सन्तुष्ट सेक्स लाइफको सुरुवात गर्नका लागि हप्तामा एक पटक सेक्स गर्न आवश्यक छ । अमेरिकन एसोसिएशन अफ म्यारिज एण्ड फेमिली थेरेपिट्सका क्लीनकल फेलो र सेक्स थेरेपिस्ट इयान कर्नरका अनुसार, हप्तामा एकपटक सेक्स गर्ने पार्टनर्स धेरै खुशीयाली रहन्छन् र आफ्नो सम्बन्धमा सन्तुष्ट हुन्छन् ।

कपल्स4

प्रेग्नेन्टिशमा भएको एक पोडकास्टको बेला केर्नरले प्रेग्नेन्टईशकी फाउण्डर एण्ड्रिया सिरताश (रिलेशनशीप एक्सपर्ट)सँग मानिसको सेक्स रिलेशनशीपको बारेमा कुराकानी भएको थियो । यसमा उनले कसरी मानिसले यौन जीवनमा बाधा र तनावलाई हटाउन सकिन्छ, र विशेष गरी जब कपल्स प्यारेन्ट्स बन्ने योजना बनाउँछन् भन्ने बारेमा जानकारी दिएकी छन् ।

केर्नर 7

सोसल साइकोलोजी एण्ड पर्सन्यालिटी साइन्स नामक पत्रिकामा छापिएको एक शोधका अनुसार, जो कपल्स हप्तामा एक पटक सेक्स गर्दछन्, उनीहरु कम सेक्स गर्नेहरुको तुलनामा धेरै सन्तुष्ट रहेको पाइएको थियो । सेक्स तीन श्रेणीमा आउने कर्नरले बताएका छन् । मनोरञ्जन, रिलेशनशीप र फेमिली प्लानिङ गरी सेक्सलाई तीन श्रेणीमा राखिएको छ । तर तीनै प्रकारका सेक्सको आफ्नै फरक भूमिका रहन्छ । त्यसैले कुनै एक प्रकारको सेक्समा फोकस गर्दा कपल्सको बीचमा तनाव आउन सक्छ साथै यौनेच्छामा कमी पनि आउन सक्छ ।

रिलेशनल5

उनका अनुसार दुई कपल्सको बीचमा हप्तामा एकपटक रिलेशनशीप वा इमोशनल सेक्स हुन आवश्यक छ । यसले तपाईको जीवनलाई मजबुत बनाउँछ । यसका लागि तपाईले फरक किसिमका आइडियाज फलो गर्न सक्नुहुन्छ । कर्नरका अनुसार यौन सम्बन्ध बनाउनका लागि एउटा शेड्यूल हुनपर्छ । कुनै दबाव र प्रेसरमा सेक्स गर्नुहुँदैन । एजेन्सीको सहयोगमा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार