English

नेपालमा किन घटिरहेको छ कोरोना संक्रमण दर ?



कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोना संक्रमीतहरु धेरै मात्रामा बढेका छन् । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएपछि सरकारले कोरोना परीक्षणको दायरा बढाएको थियो । त्यो बेला कोरोना संक्रमितको संख्या तीव्र गतिले बढेको थियो । तर जब सरकारले परीक्षणको दायरा कम गराउँदै गयो, तब संक्रमण पुष्टि हुनेको संख्या पनि घट्दै गएको विज्ञहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर १६.५ बाट ३.३ प्रतिशतमा झरेको छ । अहिले संक्रमण दर घटेको नभएर परीक्षणको दायरामा आउने कम हुँदा संक्रमितमा कमी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन् ।

‘परिक्षण गरेका ३० प्रतिशत भन्दा बढी पोजेटिभ नै छन्, धेरैले अझै पनि यसलाई गम्भीरताका साथ लिएका छैनन्, जसले गर्दा स्थानिय स्तरमा संक्रमण फैलिरहको छ’, डा.पौडेल भन्छन्, ‘अस्पतालहरुमा पहिलेको भन्दा अलि सहज वातावरण भएको छ, तर अहिले नै जोखीम कम भइसकेको छैन ।’

त्यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे परीक्षणको दायरा कम भएकोले नै संक्रमण दर घटेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो जिल्लामा पीसीआर परीक्षण भइरहेको थियो तर ४ दिनदेखि परीक्षण भएको छैन ।’

सिन्धुपाल्चोकमा पनि कोरोना परीक्षण गराउने मानिसमा कमी आएको छ । यो संख्या एक साता यता घट्दै गएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल बताउँछन् ।

वैशाखको पहिला हप्ता र दोस्रो हप्ताको केस हेर्दा ७५ प्रतिशतको हाराहारीमा पोजेटिभ केस आउने गरेको पाल्पामा अहिले पोजेटिभ हुनेहरुको दर घटेर २७ देखि २८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

तर डडेलधुरामा भने परीक्षण गर्न आउनेहरुको संख्यामै कमी आएको छ । पर्याप्त कीट, एन्टिजन, र पीसीआर विधिबाट परीक्षण गरिरहे पनि कोरोना टेस्ट गराउन आउनेको संख्यामा कमी आएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको भनाइ छ ।

‘चार पाँच दिन यता परीक्षण गर्न आउने व्यक्तिहरुको संख्या धेरै कम छ’, उनी भन्छन्, ‘वैशाख १९ गतेबाट हामीले डडेलधुरामा निषेधाज्ञा लागू गर्दै आएका छौँ, संक्रमण घट्नुको मुख्य कारण निषेधाज्ञा नै हो ।’

त्यस्तै मनाङमा भने बाढीले धेरै पुलहरु भत्किएका कारण बाटो सुचारु हुन नसक्दा परीक्षण हुन सकेको छैन । मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसे भन्छिन्, ‘एन्टीजेन प्रविधिबाट मात्र केही मात्रामा परीक्षण भईरहेको छ ।’

डडेलधुराको जस्तै सिन्धुपाल्चोकमा पनि कोरोना परीक्षण गराउने मानिसमा कमी आएको छ । यो संख्या एक साता यता घट्दै गएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल बताउँछन् ।

‘परीक्षण गर्ने व्यक्तिहरुमा भने अहिले कमी आएको छ, गाउँको मान्छेहरु लक्षण देखिए पनि सामान्य ज्वरो होला भनेर ‘परीक्षण गर्दैनन् र शहरी क्षेत्रमा अहिले लक्षण देखिएकाहरुले मात्र जाँच गराउँछन्, त्यसैले दुई हप्ता यता संक्रमण दर घटेको छ ।’

‘हाम्रोमा परीक्षण गर्ने मेसीन नभएकोले स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाइन्छ, उनी भन्छन्, सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट पनि छैन, त्यसले एन्टिजेन टेस्टलाई प्राथमिकतामा राख्दै परीक्षणको दायरा बढाउने कोशीस गरेका छौँ ।’

खोटाङमा अहिले पीसीआर परीक्षण भन्दा एन्टीजेन परीक्षण बढी मात्रामा भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ बताउँछन् । यहाँ पनि पीसीआर परीक्षण गर्ने मेसिन नहुँदा समस्या भएकोले एन्टीजेनलाई नै जोड दिइएको हो ।

त्यस्तै सुर्खेतमा पनि अन्य जिल्लाहरुको जस्तै परीक्षण गराउन आउने मानिस घटेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् ।

रिजाल भन्छन्, ‘परीक्षण गर्ने व्यक्तिहरुमा भने अहिले कमी आएको छ, गाउँको मान्छेहरु लक्षण देखिए पनि सामान्य ज्वरो होला भनेर ‘परीक्षण गर्दैनन् र शहरी क्षेत्रमा अहिले लक्षण देखिएकाहरुले मात्र जाँच गराउँछन्, त्यसैले दुई हप्ता यता संक्रमण दर घटेको छ ।’

त्यस्तै जिल्लामा संक्रमितको संख्यामा उल्लेख्य कमी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला बताउछँन् ।

उनले भने, ‘धनुषामा दिनको ५०० भन्दा बढी परिक्षण भईरहेको छ, २१ गते निषेधाज्ञा भएको एक महिना पूरा भयो, जसले भीडभाड कम छ, त्यसैले संक्रमीतको संख्या घटेको हो ।’

यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।