English

यस्ता हुन्छन् ‘पोस्ट कोभिड’का लक्षण, कसरी बच्ने ?



कोरोना भाइरसको संक्रमण मुक्त भइसकेपछि पनि शरीरमा विभिन्न लक्षणहरु लामो समयसम्म रहिरहन्छन् । त्यसलाई पोष्ट कोभिड सिम्टम्स भनिन्छ ।

दोस्रो लहरको कोरोना संक्रमणमा यस्तो समस्या बढी देखिएको छ । यस्ता समस्याहरुलाई बेवास्ता गर्दा ज्यान समेत जान सक्ने चिकित्सकहरु बताउँछन् ।

धेरै व्यक्तिहरु पोष्ट कोभिड सिमटमबारे अनविज्ञ नै छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि देखिएका विभिन्न लक्षणहरुलाई बेवास्ता गर्छन् । तर, यस्ता लक्षणहरुलाई बेवास्ता गर्दा घातक हुन सक्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

‘पोष्ट कोभिड सिम्टम्समा विभिन्न लक्षणहरुको सम्मिश्रण हुने भएकोले सबैलाई यही नै लक्षण देखिन्छ भन्न सकिदैन,’ उनी भन्छन्, ‘कसैलाई लामो समयसम्म खोकी लागिरहने, ज्वरो आइरहने, अलिकति हिँड्दा पनि सास फेर्न गाह्रो हुने समस्या हुन्छ । केही बिरामीहरुमा भने डिप्रेसन र एन्जाइटी जस्ता समस्याहरु पनि देखिन सक्छन् ।’

‘कोरोना संक्रमण मुक्त भइसकेका कतिपय बिरामीहरु विभिन्न समस्या लिएर अस्पताल पनि आउँछन् र त्यसको उपचार गरेर निको पनि भएका छन्, त्यसैले लक्षण बढ्दै गएमा तुरुन्त अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ नत्र बिरामीको ज्यान पनि जानसक्छ ।’

त्यस्तै, कसैलाई निमोनिया भएर अस्पताल भर्ना गरिएको छ वा हाइलेभलको अक्सिजन दिएर भेन्टिलेटरमा नै राखिएको छ भने उनीहरुको फोक्सोमा दाग रहेको हुनसक्छ । जसले पछि श्वास फेर्न गाह्रो हुने र स्वाँ-स्वाँ हुने समस्या हुन्छ भने कसैको फोक्सो नै खराब गर्न पनि सक्छ ।

यद्यपि, पोष्ट कोभिडका लक्षण देखिँदैमा आत्तिने डराउने गर्नु भने हुँदैन । प्रसस्त मात्रामा पानी पिउने, स्वस्थ र पोषिलो खानेकुरा खाने, नियमित व्यायाम गर्नुपर्छ । अक्सिजन दिएर अस्पताल भर्ना भएका बिरामीहरु घर फर्के पछि हिँड्दा ६ मिनेट पल्स अक्सिमिटरले अक्सिजन लेबल नाप्नु पर्छ । त्यसरी नापदा अक्सिजको मात्रा घटेर ९२ भन्दा तल गयो भने चिकित्सकको सल्लाह लिनु पर्ने डा. अधिकारीको सुझाव छ ।

यस्तै, पोष्ट कोभिडका सिम्टम्स बच्चाहरुमा पनि देखिएको र केही बच्चाहरुमा त शरीरका अंगहरुमा नै क्षति हुने बाल रोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताउँछन् ।

‘मुटुमा समस्या हुने र रगत जम्ने जस्ता डरलाग्दा समस्याहरु पनि बच्चाहरुमा देखिएको छ,’ उनी भन्छन्, ‘कसैको त ज्यानै जानेसम्मको पनि खतरा हुन्छ ।’

डा.पौडेलका अनुसार ठूला व्यक्तिहरुमा पनि कसै–कसैमा पोष्ट कोभिडका लक्षणहरु देखिन सक्छन् । कसैलाई सामान्य खोकी, ज्वरो र थकान देखिन्छ भने कोहीमा फोक्सो, मुटु र रगत जम्ने समस्या पनि देखिएको छ ।

‘पीसीआर नेगेटिभ आए पनि बिरामीलाई पूर्ण रुपमा निको नभएको हुनसक्छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएर गएका बिरामीहरु २ हप्तासम्म अस्पताल र चिकित्सकको सम्पर्कमा बस्नुपर्छ र केही समस्या भए तुरुन्त अस्पताल जानुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला विशेषगरी अक्सिजन लिएर अस्पताल भर्ना भएका संक्रमितमा पोष्ट कोभिडको लक्षण देखिने सम्भावना बढी हुने बताउँछन् ।

‘स्वाद तथा गन्ध हराउने, धेरै थकान महशुस हुने, जोर्नीहरु दुख्ने, खोकी लाग्ने र छाती दुख्ने जस्ता समस्याहरु देखिन सक्छ,’ उनले भने, ‘आईसियुमा बसेका व्यक्तिहरुमा निद्रा नलाग्ने, डिप्रेसन हुने एन्जाइटि हुने जस्ता लक्षणहरु पनि देखिएका छन् ।’

यस्तै, केही व्यक्तिहरुमा जटिल समस्याहरु पनि देखिन सक्छ एक्कासी छाती दुख्ने र श्वासप्रश्वासमा समस्या हुने र केहीलाई भने हार्टअट्याक पनि हुन सक्ने डा.बास्तोला बताउँछन् ।

त्यसो त पीसीआर रिपोर्टमा नेगेटिभ रिजल्ट आउने बित्तिकै ढुक्क हुन नहुने चिकित्सकहरु बताउँछन् ।

‘पीसीआर नेगेटिभ आए पनि बिरामीलाई पूर्ण रुपमा निको नभएको हुनसक्छ,’ डा. बास्तोला भन्छन्, ‘त्यसैले अस्पतालबाट डिस्चार्ज भएर गएका बिरामीहरु २ हप्तासम्म अस्पताल र चिकित्सकको सम्पर्कमा बस्नुपर्छ र केही समस्या भए तुरुन्त अस्पताल जानुपर्छ ।’

कोरोना रिपोर्ट नेगेटिभ आएपछि देखिएका विभिन्न लक्षणहरुलाई बेवास्ता गर्छन् । तर, यस्ता लक्षणहरुलाई बेवास्ता गर्दा घातक हुन सक्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

यस्तै, छातीरोग विशेषज्ञ डा. अशेष ढङ्गाना कोभिड ठिक भईसकेपछि पनि छातीको दागले गर्दा हाईपोसीया हुन सक्ने बताउँछन् । त्यसैले कोरोना संक्रमण मुक्त भएका मानिसहरुलाई पहिले देखि मुटु तथा दम सम्बन्धि रोगहरु छ भने त्यसको औषधी नियमित सेवन गर्न उनको सुझाव छ ।

‘कोरोना संक्रमण मुक्त भइसकेका कतिपय बिरामीहरु विभिन्न समस्या लिएर अस्पताल पनि आउँछन् र त्यसको उपचार गरेर निको पनि भएका छन्,’ उनी भन्छन्, ‘त्यसैले लक्षण बढ्दै गएमा तुरुन्त अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ नत्र बिरामीको ज्यान पनि जानसक्छ ।’

May be an image of text
यो पनि पढ्नुहोस्
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।