English

गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध



पूर्व, पश्चिम र दक्षिण गरी तीनतर्फी भारतीय भूमिबाट घेरिएको नेपाल भू-परिवेष्ठित राष्ट्रको नियती भोग्न बाध्य छ । नेपाल र भारतबीच सदियौंदेखि अत्यन्त निकट तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा कुनै सन्देह छैन । रोटीबेटीको सम्बन्ध गाँसिएको यी दुई अत्यन्त निकट राष्ट्र हुन । खुल्ला सिमाना, धार्मिक आस्था, सांस्कृतिक परिवेश तथा भाषिक निकटताले गर्दा पनि दुई देशबीच जनस्तरको सम्बन्ध रहि आएको हो । जसकारण यी दुई मुलुकका नागरिकलाई आवतजावतका लागि भिषा छुटको व्यवस्था छ । तर पछिल्लो समय विभिन्न घटनाक्रमका कारण दुई देशको सीमानालाई खुल्ला राख्न नहुने हो कि भन्ने तर्क पनि सुनिन थालेका छन् । हुनपनि, समयको प्रवाह अनुसार दुई देश बीचको सम्बन्धलाई गतिशील बनाइनु पर्दछ । विगतका अनुभवका आधारमा विद्यमान समस्याहरु सुल्झाइनु पर्छ ।

नेपाल भारतको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध भएको राष्ट्र पनि हो । दुई देश बीच वर्षेनी खर्बाै रुपैयाँको व्यापार हुन्छ । तर भारतसँगको व्यापार घाटा भने ठूलो अन्तरमा छ । सियोदेखि औंषधि र मेशिनजन्य लगायत हजारौं किसिमका सामानहरु आयात गर्नुपर्ने अवस्थाले गर्दा भारतसँगको व्यापार घाटा स्वभावतः देखिन्छ । देशमा देखा पर्दै आएको आयातमुखी व्यापारको दबदबाले कहालीलाग्दो व्यापार घाटा घट्ने सम्भावना पनि देखिन्न । निर्यात भने निकै कम अनुपातमा बढेको देखिन्छ । कच्चा पदार्थहरु निर्यात गरेर तयारी वस्तुहरु आयात गर्नुपर्ने बाध्यता रहेसम्म नेपालले वर्षेनि खर्बाै रुपैयाको व्यापार घाटा सहनुको विकल्प छैन ।

नेपाल प्राचीनकालदेखि स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित छ । भारत त सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यको चंगुलवाट मुक्त भएको हो । तर नेपाल अनेकन कालखण्डमा विभिन्न बंशहरुले राज्य गरेतापनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रह्यो ।

दुई देश बीचको सम्बन्धमा समय–समयमा तनाव उत्पन्न भइरहन्छ । नेपाली जनस्तरमा भारतप्रति नकारात्मक सोच पाल्ने ठूलै जमात देखिन्छ । भारतमा पनि नेपाललाई सानो, निर्बल, अविकसित तथा आर्थिक रुपमा सबल हुन नसकेको राष्ट्रको रुपमा हेरिन्छ । बेला–बेला राजनीतिक सम्बन्ध सग्लो हुन नसक्दा दुई देशबीच हुनुपर्ने सुमधुर सम्बन्धमा गतिरोधहरु उत्पन्न भएका छन् ।

चारपटकसम्म त भारतले नेपाल माथि नाकाबन्दी नै लगाईसकेको छ । यस्तो काम अन्तर्राष्ट्रिय कानून प्रतिकुल छ । जसकारण भारतप्रति सकारात्मक सोच पाल्ने जनता समेत स्वतः नकारात्मक भएका छन् । दुई देश बीचको सम्बन्धमा आएका कुनैपनि समस्याको समाधान जनतालाई दुःख दिएर हुँदैन । २०७२ सालको महाभूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई तंग्रिन नपाउँदै फेरी अनेकन बहानामा नाकाबन्दी लगाईदिँदा भारतप्रति नेपाली जनताको आक्रोश शिखरमै पुगेको थियो । यो स्वाभाविक पनि थियो ।

भारतको बढ्दो शक्ति तथा यस क्षेत्रका खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको लागि सन् १९९७ तिर पूर्व प्रधानमन्त्री ईन्दर कुमार गुजरालद्वारा प्रतिपादित नीति सुहाउँदो हुनसक्छ ।

दक्षिण एशियाली मानचित्रमा भारत प्रत्येक दृष्टिकोणले एक ठूलो, श्रोतसम्पन्न तथा सबल राष्ट्र हो । सन् १९८५ देखि दक्षिण एशियाली राष्ट्रहरुको संगठन (सार्क) को स्थापना पश्चात यस क्षेत्रको दु्रततर आर्थिक विकासको लागि भारतको अह्म भूमिका रही आएको हो । तर भारत तथा पाकिस्तान बीच सौहार्दपूर्ण सम्बन्ध हुननसक्दा सार्कबाट अपेक्षा गरिएको भूमिका निर्वाह हुन सकेन । हाल आएर बिमस्टेकको उदयले त सार्कलाई झन् खुम्च्याई दिएको महशुस हुन्छ ।

वास्तवमा नेपाल तथा भारतबीच हुनुपर्ने अति मजबुत सम्बन्धमा के कस्ता तगाराहरु छन् त ? भारतले हिमालयको फेदलाई आफ्नो सुरक्षा कवच सोच्नु नै समस्या हो । नेपाल प्राचीनकालदेखि स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित छ । भारत त सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यको चंगुलवाट मुक्त भएको हो । तर नेपाल अनेकन कालखण्डमा विभिन्न बंशहरुले राज्य गरेतापनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रह्यो । नेपाली जनताले भारतले विभिन्न तहतप्कामा गर्ने हस्तक्षेपलाई स्विकारयोग्य मान्दैनन् । भारतको यस्ता रवैयाले पनि प्रत्युत्पादक परिणाम दिने गरेको छ । उत्तरमा चीनजस्तो विशाल र विश्व शक्तिशाली राष्ट्रका कारण भारतको सुरक्षा चासो रहनु स्वभाविक हो । यो चासो निवारणका लागि भारतले कुटनीतिक पहलमार्फत नेपाल सरकारको विश्वास जित्नुको विकल्प छैन् ।

आर्थिक विकासको गति तीव्र अगाडि बढाउन चाहेको नेपाललाई छिमेकी भारतको निरन्तर सहयोग सधै अपेक्षित हुन्छ नै । अतः दुई देशबीचको सम्बन्धलाई आउने दिनमा अझ उचाईमा पुर्याउन सुझबुझ, सदाचार तथा समझदारी तड्कारो आवश्यक छ ।

दुई देशबीच भएको सन् १९५० को सन्धीलाई समयानुकुल परिमार्जन गरी सीमा सम्बन्धी विवादको हल गर्नुपर्ने नेपालको धारणा माथिपनि भारतले उचित कारवाही गर्नुपर्छ । नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन समेत भारतीय प्रधानमन्त्रीले समय उपलब्ध नगराएको कारण त्यतिकै थन्केको छ । सो प्रतिवेदनमा समूहका सदस्य जयन्त प्रसादले नोट अफ डिसेन्ट लेखेका छन् । भारतको तर्फबाट नेतृत्व गरेका भगतसिंह कोसियारीको काम सन्तोषजनक नरहेको तथा भारतभन्दा नेपालको पक्षमा विशेष भूमिका खेलेको उनको आरोप छ । इपिजीले १९५० को असमान सन्धि प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएको अनुमान गरिन्छ ।

भारतको बढ्दो शक्ति तथा यस क्षेत्रका खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको लागि सन् १९९७ तिर पूर्व प्रधानमन्त्री ईन्दर कुमार गुजरालद्वारा प्रतिपादित नीति सुहाउँदो हुनसक्छ । भारत एक ठूलो र शक्तिशाली मुलुक भएकाले आफ्ना साना छिमेकी राष्ट्रहरुसँग सौहार्द्रपूर्ण मेलमिलापको वातावरण मार्फत पारस्पारिकतामा नअल्झी विश्वास जित्नुपर्नेमा गुजरालको जोड थियो । यसो हुनसके छिमेकी राष्ट्रहरुबाट भारतलाई निरन्तर सहयोग तथा समर्थन प्राप्त हुने नै छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी समिति सदस्य बन्न चाहेको भारतले पहिला आप्mनो छिमेकी राष्ट्रहरुसँग समझदारी बढाउनुको बिकल्प छैन ।

नेपाल भारतसँग सदैव सौहार्द्र सम्बन्ध राख्न चाहन्छ । आर्थिक विकासको गति तीव्र अगाडि बढाउन चाहेको नेपाललाई छिमेकी भारतको निरन्तर सहयोग सधै अपेक्षित हुन्छ नै । अतः दुई देशबीचको सम्बन्धलाई आउने दिनमा अझ उचाईमा पुर्याउन सुझबुझ, सदाचार तथा समझदारी तड्कारो आवश्यक छ । विश्वासमा आधारित सम्बन्धलाई उचाईमा पुर्याउने कोशिस गरिनु सदा अपरिहार्य हुन्छ ।

(लेखक फ्रान्सका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ ।)
लेखकबाट थप
राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित