थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९२ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ७ हजार ९ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।