English

शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा शारीरिक अशक्तता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवाका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा शारीरिक अशक्तता भएका व्यक्तिको पालनपोषण झनै जटिल समस्या बनेको हो ।

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ ।

काठमाडौंबाट बाल्यकालमै पोखरा आएका लक्षु थापा मगर र उनकी श्रीमती मनमायाका चार छोरा र एक नाति अहिले आर्थिक अभावसँगै एउटै कोठामा बस्दै आएका छन् । सानो एउटा कोठा जहाँ खाना पनि पाक्छ र सातै जना सुत्ने गर्छन् ।

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ ।

चारमध्ये कान्छो १८ वर्षीय छोरा पूर्णे थापा मगर भने पूर्णरूपमा अपाङ्ग छन् । जन्मजात शारीरिक अशक्तता भएका पूर्णे बोलचाल हिँडडुल केही गर्दैनन्, उनको दिसापिसाब स्याहार्नु आमा मनमायाका लागि दैनिकी जस्तै बनेको छ । पूर्णेले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता भने पाउने भएकाले पनि सो परिवारलाई ठूलै राहत पुगेको छ ।

‘यसै त दुःख छ नै, त्यसमाथि एउटा छोरो अपाङ्ग हुँदा हामी धेरै चिन्तामा छौँ’, दुखेसो व्यक्त गर्दै ५० वर्षीय मनमायाले भनिन्, ‘न बोलीचाली, न हिँडडुल । के गर्नु नियति नै यस्तै रहेछ ।’

‘धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

उनी भन्छिन्, ‘हामी जस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेलामा अपाङ्गताका लागि अझै कष्टकर हुनेरहेछ । परिवारका अरु सदस्यले त आफैँले खाना खान सक्छन् तर यसले आफैँ खान पनि सक्दैन, त्यसैले भान्छामा जेजस्ता पाकेको छ पहिला कान्छो छोरालाई खुवाउने गरेकी छु ।’

पूर्णे सानो थियो र दिसा पिसाब गराउँदा बोकेर लैजान सजिलो हुन्थ्यो । अहिले आफूभन्दा ठूलो भइसकेकाले बोक्नसमेत गाह्रो हुने गरेको उनले बताइन् । ‘सन्तानको माया लाग्दो रहेछ, सकिनसकी उचाल्ने गरेकी छु’, उनले भनिन् ।

आर्थिक अवस्था कारुणिक भए पनि कोही कसैबाट भने उहाँहरूले सहयोग पाएका छैनन् । कोरोना रोगले मर्ने चिन्ता आम जनमानसमा परिरहँदा मगरका परिवारलाई भने भोकले मरिने हो कि भन्ने चिन्ताले सताएको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै उहाँले चाँडै महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गरे ।

पोखराको एक निजी स्कुलको गाडी चलाउँदै आएका लक्षुले कोरोना महामारीका कारण उक्त काम पनि बन्द भएको बताए “निषेधाज्ञासँगै दैनिक रोजगारी गुमेपछि बिहान बेलुकाको खर्च टार्न धौधौ हुने गरेको बताउँदै उनले भने, ‘धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

कोरोनाका कारण शुरु भएको निषेधाज्ञासँगै यतिखेर भाडाको ट्याक्सी चालक कृष्ण, पोखरा छोरेपाटनस्थित एक होटलमा कार्यरत कर्ण र रङरोगनको काम गर्दै आएका सुरोज थापामगरको समेत रोजगारी गुमेको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै उहाँले चाँडै महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गरे ।

कोरोनालाई देखाएर विभिन्न नाममा ठाउँठाउँमा सहयोग पुग्ने गरेको सुन्नमा आउने गरेपनि यस पटक हालसम्म कोही कसैले आफूहरूलाई सहयोग नगरेको उनको भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीमा भने पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखरा–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट घरमै खानाको सेट आएको उनले स्मरण गरे ।

‘आम्दानीको स्रोत कम र खर्च बढी हुने भएर पनि अहिलेसम्म आफ्नो र परिवारको नाउँमा एक इन्च पनि जग्गा छैन’, उनले भने, ‘पोखरामा धेरै सुकुम्वासी बस्ती छन् तर आफू भने छोराछोरी पाल्ननै समस्या भएपछि त्यता पनि कुनै ध्यान पुगेन कहीँ कतै सानो जग्गा पाउने हो भने दुःखसुख ओत लाउने घर बनाएर बस्ने इच्छा छ ।’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।