English

कोरोना कहर बीच बेलायतमा हाइक फर नेपाल हुँदै



छिल्लो एकवर्ष बढी समयदेखि विश्वनै कोरोना कहरबाट ग्रुजिरहेको छ । जतिसुकै जटिल परिस्थिती किन नहोस् सारा विश्वलाई आतंकित पारेको यो महामारीबाट उम्किनै पर्नेछ । यही छेक कोरोना विरुद्ध ‘उर्जाशील जीवन प्रर्वद्धन’, भन्ने नाराका साथ बेलायतमा ‘हाइक फर नेपाल’ आयोजना गरिने भएको छ ।

पोखरेली मंच यूकेको प्रमुख आयोजकत्व र नेपालस्थित वी विल राईज फाउन्डेसनको सहकार्यमा विगत केही वर्षअघिदेखि बेलायतको वेल्समा उक्त कार्यक्रम आयोजना गरिदै आएको छ । गतवर्ष भने कोरोनाका कारण हुन सकेन । गतवर्ष रोकिएको कार्यक्रम यसवर्ष ३० जुलाई देखी अगष्ट १ तारिखसम्म तीन दिन आयोजना गरिने पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङले जनाए । विगतमा वर्षेनी नेपालको पर्यटन प्रवद्र्धन हेतु हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक जनमानसमा कोरोना विरुद्ध शिक्षा र सचेतना जगाउनमा केन्द्रित हुनेछ ।

तुलसी कुमार गुरुङ
संस्थापक-वी विल राईज फाउन्डेसन

कोरोना कहर यथावतै रहेकाले उक्त पदयात्रामा सहभागी हुन इच्छुकले खाने बस्ने र क्याम्पिंगको ब्यबस्था स्वंय गर्नुपर्नेछ । सामूहिक सहभागिता जनाइने भएकाले बेलायत र स्थानीय सरकारको कोभिड नियमानुसार कार्यक्रम स्थल तय गरिनेछ । विगतमा आयोजना हुँदै आएको वेल्ससँगै यसपटक स्नोडोनिया र पेनभेल क्षेत्रलाई समेत सम्भावित स्थानका रुपमा राखिएको अध्यक्ष गुरुङले बताए । कार्यक्रमको बिस्तृत समय तालिका र स्थान बारे पोखरेली मंच यूके र हाइक फर नेपालको अधिकारिक भाईबर ग्रुप तथा अन्य माध्यमबाट जानकारी गराइनेछ । सम्पूर्ण यूकेबासी नेपालीहरु उक्त पदयात्रामा सहभागी भई कोभिड विरुद्ध सचेतना जगाउँन मंचका अध्यक्ष गुरुङ तथा कार्यक्रम संयोजक मेजर रिटायर्ड खुशीमान गुरुङ एमभिओको अनुरोध छ ।

मान प्रसाद गुरुङ
अध्यक्ष-पोखरेली मंच यूके

भूकम्पपछि नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउने हेतु वी विल राइज फाउण्डेसनले हङकङबाट ‘हाइक फर नेपाल’, लामो दूरीको पैदल यात्रा सुरु गरेको थियो । ‘नेपालका लागि सँगसँगै पाईला चालौं’, भन्ने नारामा गरिदै आएको यस कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौंहार्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

खुशीमान गुरुङ (मेजर रिटायर्ड एमभिओ)
कार्यक्रम संयोजक

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस्
कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’
‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।