थप ६ हजार ६ सय ३६ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ६ हजार ६ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९९ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ७ हजार ८ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।