थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६८ जनाको निधन भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ७ हजार ९ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।