English

प्रकाश सपुतको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायक प्रकाश सपुत पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने गायक सपुतको सिफारिस यस्ता छन्:

शिरिषको फूल

मैले शिरिषको फूल कक्षा ८ मा हुँदा पढेको थिएँ । मैले पहिलोपटक पढेको उपन्यास भएर पनि होला यसले असाध्यै मन छोयो । त्यसमा वर्णन गरिएका पात्र, यस पुस्तकमा परिभाषित गरिएको प्रेम सबै कुरा उत्कृष्ट लाग्छ । यो पुस्तकको मनपर्ने लाइनहरु कण्ठ पारेर म अरुलाई सुनाउँथे त्यसैले पनि मलाई यो पुस्तक सधै प्रीय लाग्छ । त्यसैले यो निषेधाज्ञाको समयमा शिरिषको फूल पढ्न सुझाव दिन्छु ।

मुनामदन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तक मुनामदनको सरल भाषाले गर्दा सबै उमेरसमूहको प्रिय बनेको छ । महाकवि देवकोटाले यस पुस्तकमा प्रयोग गर्नुभएको भाषा शैली विषयवस्तु अहिले पनि हाम्रो समाजसँग मिलिरहेको छ । नेपाल र नेपालीहरुको भावनालाई यस पुस्तकमा समावेश गरिएको छ । बोल माया बोलको गीत मैले यही पुस्तकको आधारमा रहेर निर्माण गरें । त्यसैले यो पुस्तक पनि मलाई प्रिय लाग्छ ।

घुम्ने मेच माथि अन्धो मान्छे

कविता पारखीहरूले भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे संग्रह पढ्न छुटाउनु हुन्न भन्ने लाग्छ । मैले कविताको रुपमा पढेको पहिलो कविता संग्रह हो यो । शब्दमा यति धेरै पावर हुन्छ भन्ने कुरा मैले यो पुस्तक पढे पछि थाहा पाएँ । शब्दहरुसँग पनि यसरी खेल्न सकिन्छ भन्ने कुरा मैले यो पुस्तकबाट सिकेँ । त्यसैले मलाई यो पुस्तक पनि असाध्यै राम्रो लाग्छ ।

यो पनि पढ्नुहोस्
गायिका एलिनाको नजरमा पाँच पुरुष
यस्ता हुन्छन् टाइफाइडका लक्षण कसरी बच्ने ?
हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास
बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’
ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट कसरी लिने ? कहाँ–कहाँ पाइन्छ ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested