थप ५ हजार ९ सय ४ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ५ हजार ९ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ७ हजार ६ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ३१ रहेको छ भने १ लाख १ हजार ८ सय ३९ जना आइसोलेशनमा रहेका छन् ।