English

निषेधाज्ञाले रोक्न नसकेको रोपाईं (फोटो फिचर)



कोरोनाको कहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । व्यापार, उद्योगधन्दा, बैंक, वित्तीय संस्था सबै ठप्प छन् । तर, कृषकलाई भने यो निषेधाज्ञाले छेकेको छैन ।

यद्यपि, रोपाईंका लागि चाहिने खाद्य सामाग्री ढुवानीमा भने समस्या भएको किसानहरु बताउँछन् । साथै, बिक्री गरिएको गहुँको मूल्य नपाएको भजनी नगरपालिकाका किसानहरुको गुनासो छ ।

साथै, वर्षा लाग्नै लाग्दा यस नगरपालिकाका कृषकलाई बाढीको चिन्ताले पनि सताउन थालेको छ । त्यसो त किसानहरुले वर्षे पानी पर्नुभन्दा अगावै रोपाई गर्छन् । त्यसैले यस क्षेत्रका कोही किसान रोपाईमा त कोही रोपाईको तयारीमा व्यस्त छन् ।

वर्षे पानी पर्नु अगावै रोपाई गर्दा खर्च बढी लाग्ने र छिटो रोपाई नगरे बाढी आएर रोपेको धान बगाउने समस्या रहेको किसान खुशीराम चौधरी बताउँछन् । ‘पानी पर्नु अगावै रोपाईं गर्दा पानी तान्नको लागि डिजेल बढी लाग्छ र यो वर्ष तेलको मूल्य पनि बढेको छ,’ उनी भन्छन्, ‘पानीको आशामा रोपाई गरियो भने रोपेको धान बाढीले बगाएर लैजान्छ । त्यसैले पानी पर्नु भन्दा पहिला नै रोपाई गर्नु पर्छ ।’

कोरोना महामारीका कारणले किसानलाई रोपाईंको लागि आवश्यक पर्ने सामाग्री किनमेल गर्न समस्या परेको उनको भनाई छ । ‘बजारमा सामानको अभाव छैन तर सामान खरिदका लागि आउजाउ गर्न समस्या छ’ उनले भने ।

यसैगरी कुष्णा चौधरी अरु वर्ष भन्दा यो वर्षको रोपाई ढिलो भएको बताउँछिन् । ‘निषेधाज्ञाका कारणले बेचेको गहुँको मूल्य पनि पाएको छैन,’ उनले भनिन् ।

खेत जोत्न, मल बोक्न र रोपाईको आवश्यक सामाग्री ओसार–पसार गर्नका लागि प्रयोग भएको टेक्टरलाई रोक लगाएको र किसानलाई समस्या रहेको भल्मन्सा समाजका अध्यक्ष केवल चौधरी बताउँछन् । ‘प्रहरी प्रशासनले किसानको टेक्टरलाई रोक लगाएको छ ।’ उनी भन्छन्, ‘ यस विषयलाई प्रहरी प्रशासनसँग समन्वय गरेर छिटै समाधान गर्ने छौ ।’

किसानको लागि मलको अभाव नरहेको तर निषेधाज्ञाका कारणले मल ढुवानी गर्न समस्या भएको व्यापारी कमला ज्ञवाली बताउँछिन् । ‘मलको अभाव छैन तर मलको ढुवानी गर्न निषेधाज्ञाले समस्या परेको छ,’उनले भनिन् ।

यो पनि पढ्नुहोस्
कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा
हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।