थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना भाइरसका कारण ६८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेहरुको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । त्यस्तै नेपालको क्वारेन्टाइनमा ७ सय २५ रहेका छन् भने १ लाख ४ हजार ७ सय ८९ जना आइसोलेसनमा रहेका छन् ।