English

सधैं व्यस्त रहने कलाकार निषेधाज्ञामा के गर्दैछन् ?



कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । सामान्य नागरिकदेखि सेलिव्रेटी छवि बनाएका व्यक्तिहरु घरभित्रै छन् । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, एकिन छैन । पहिलो चरणको लकडाउन सकिएसँगै विस्तारै लयमा फर्किन थालेको कलाकारिता क्षेत्र फेरि थला परेको छ । मनोरञ्जन क्षेत्रका कलाकर्मीलाई पनि निषेधाज्ञाले असर परेको छ । घरमै निषेधाज्ञाको पालना गरेर बसेका केही कलाकरहरुले निषेधाज्ञाको समयमा कसरी दिन बिताइरहेका छन् भन्ने विषयमा यहाँ चर्चा गरेका छौ:

दीपाश्री निरौला, अभिनेत्री

सामाजिक सञ्जालमा धेरै नकारात्मक कुराहरु देखिन्छ । कोरोना संक्रमणले गर्दा यति जनाको मृत्यु यति जना संक्रमित जस्ता समाचारहरुले आक्रान्त बनाएको छ । यस्तो नकारात्मक कुराहरु भन्दा राम्रा–राम्रा चलचित्रहरु, प्रेरणादायी अन्तर्वार्ताहरु हेरेर समय बिताइरहेको छु ।
उठेर नित्य कर्म र व्यायाम गरेर बिहानको समय बित्छ । त्यसपछि खाना खाएर राम्रा राम्रा चलचित्रहरु खोजेर हेर्छु । चलचित्रहरु मात्र होइन राम्रो सकारात्मक सन्देश दिने अन्य अन्तर्वार्ता र अन्य प्रेरणादायी कुराहरु पनि खोजेर पढ्छु । साँझको समयमा कौशी तथा घरवरपर हिँडडुल गर्छु यसरी नै समय बितिरहेको छ । अहिलेको समयमा विश्व नै कोरोनाले त्रसित छ त्यसैले सबैले घरमै बसेर नियमको पालना गर्नुपर्छ मैले पनि पालना गरिरहेको छु ।

सुस्मा कार्की, अभिनेत्री

निषेधाज्ञाको पालना गरेर घरमै बसेकी छु । नेपाली , हिन्दी चलचित्र हेरेर, गीतहरु सुनेर, नयाँ–नयाँ परिकार बनाएर खाएर समय बिताइरहेको छु । संक्रमणदेखि धेरै डराएको छैन सुरक्षित भएर बसेको छु । बिहान उठेर व्यायाम योगाहरु गर्छु, बिहान बेलुका घर वरपर भए पनि हिँड्डुल गर्छु ।
म पुस्तक प्रेमी पनि भएकाले पुस्तकहरु प्नि पढिरहेको छु । यो निषेधाज्ञामा मैले गरुण पुराण पढें । यो गरुण पुराण घरमा राख्न हुँदैन, छोरी मान्छेले पढ्न हुँदैन भनिन्छ । मृतकको घरमा मात्र यो किताब पढिन्छ पण्डितले ल्याएर पढेर फेरि फिर्ता लग्ने चलन हुन्छ । तर, यस पुस्तकमा भएको ३, ४ वटा अध्याय पुरेतहरुले पढ्न छुटाउँदा रहेछन् । मानिस जिवित हुँदा नै उसको सेवा गर्नु पर्छ मृत्यु पछि दिइएको कुराहरु उसले केही पनि पाउँदैन भनिएको छ । तर, यी कुराहरु पण्डितहरुले पढेर सुनाउँदा रहेनछन् ।

मलाई फूल अनि बगैंचामा डुल्न एकदम मन पर्छ । त्यसैले बिहान बेलुका फूलहरुमा पानी हालेर बगैँचामा डुलेर पनि समय बिताइरहेको छु । घरमै बस्ने अत्यावश्यक नभइ घर बाहिर निस्किएको छैन । साथै, स्वास्थ्य
मापडदण्ड अपनाउने र मनोबल उच्च बनाउन सबैलाई सुझाव दिन्छु ।

पुष्प खड्का, अभिनेता

म त ४ दिन अघि घर कैलाली आएको छु । परिवारसँग समय बिताइरहेको छु । अरुबेला सुटिङमा व्यस्त भइन्थ्यो, परिवारसँग समय बिताउने मौका कमै मात्र मिल्थ्यो त्यसैले परिवारसँग समय बिताउन पाउँदा बेग्लै अनुभूति भइरहेको छ । काठमाडौंमा बस्दा समय बिताउन साह्रै गाह्रो भएको थियो तर, यहाँ त कतिबेला दिन बित्छ पत्तै हुँदैन ।

काठमाडौंमा एक्लै कोठामा बस्दा एकखालको एन्जाइटी जस्तो पनि फिल हुन थालिसकेको थियो । किताबहरु पढेर, फिल्महरु हेरेर समय बिताइरहेको थिएँ तर पछि ती कुराहरु गरेर पनि समय बिताउन गाह्रो हुन थाल्यो त्यसैले घर फर्किएँ ।
मेरो नजिकका केही साथीहरुलाई कोरोना संक्रमण देखिएकाले पनि कन्ट्याक ट्रेसिङमा परें । त्यतिबेला केही दिन आइसोलेट पनि भएको थिएँ ।

अञ्जली अधिकारी, मोडल

अहिले सुटिङ छैन घरमै निषेधाज्ञाको पालना गरेर बसेकी छु । बिहान उठेर व्यायाम गर्छु, किताब पढ्छु, परिवारसँग रमाइलो गर्दै समय बिताउँछु । सधैँ काममा व्यस्त भइन्थ्यो अहिले घरपरिवारसँग समय बिताउन पाएको छु । तर, व्यस्त भइरहने भएर पनि होला समय कटाउन अलि गाह्रो त भइरहेको छ । फेरि, यस्तो महामारीको बेलामा घरभित्र बस्नुको विकल्प पनि छैन । सबै जना घरमा सुरक्षित बस्यौ भने यो कालबाट उम्किन्छौं ।

नाजिर हुसेन, अभिनेता

घरमै परिवारसँगै समय बिताइरहेको छु । त्यस्तो विशेष त केही गरेको छैन । सधै सुटिङमा व्यस्त हुने भएकोले अहिले घरमा बस्दा अलि समय कटाउन गाह्रो परेको छ । दिदी भिनाजु तथा भान्जीसँगै समय बितिरहेको छ । कोरोना संक्रमण बढीरहेको छ यस्तो अवस्थामा घरमै बसेर सरकारको नियम पालना गरेर सुरक्षित छु । सबैजनालाई घरमै बसेर सरकारको नियम पालना गर्न अनुरोध पनि गर्दछु ।

दुर्गेश थापा, मोडल

अहिलेको निषेधाज्ञामा म म्युजिक एरेन्जिङ सिकिरहेको छु । तीजको लागि गीतहरुको कम्पोजिसन गरिरहेको छु । साथै, परिवारसँग पनि समय बिताईरहेको छु । निषेधाज्ञाले गर्दा छोरोसँग धेरै समय बिताउन पाएको छु । निषेधाज्ञाले गर्दा सबैजना घरमै छौं । समय प्रसस्त छ यस्तो बेलामा इन्टरनेटको सदुपयोग गरेर विभिन्न रचानात्मक कुराहरु सिकेर पनि समय बिताउन सकिन्छ मैले पनि घरमा बसेर धेरै नयाँ कुराहरु सिकेको छु ।

सलोन बस्नेत, अभिनेता

अहिले त घर परिवारहरुसँगै समय बितिरहेको छ । घरमा बस्दा बस्दा अल्छि त लागिरहेको छ तर, अल्छि मानेर पनि त भएन संक्रमणबाट बच्न घरमा बस्नै प-यो । चलचित्रहरु हेरेर र अनलाईन गेमहरु खेलेर प्राय समय बिताइरहेको छु । यसका अलवा बिहान उठेर घरमै व्यायाम गर्छु । घरवरपर हिँडडुल पनि गर्छु । फिल्महरु हेर्न मन पर्ने भएको हुनाले मैले धेरै फिल्महरु हेरेँ । पुरानो नेपाली फिल्म लाहुरे पनि यही निषेधाज्ञामा हेर्ने मौका पाएँ ।

एलिजा गौतम, मोडल

घरमा साना बच्चाहरु भएकाले समय बितेको पत्तै हुँदैन । अरु बेला सुटिङमा व्यस्त हुने भएकोले बच्चाहरुसँग राम्ररी समय बिताउन पाइदैन थियो त्यसैले अहिले उनीहरुसँगै धेरै समय बिताइरहेको छु ।

बिहान उठेर उनीहरुसँगै व्यायाम गर्छु । नानुको अनलाईन क्लास भइरहेको छ त्यसैले उसलाई २ देखि ३ घण्टा पढाउँछु । त्यसपछि खाना बनायो खायो अनि उनीहरुसँगै खेल्यो यसरी नै समय बितिरहेको छु ।

क्यानडाबाट आमा आउनुभएको छ । निषेधाज्ञाले गर्दा उहाँसँग पनि समय बिताउन पाएको छु । ऋषी जी त आफ्नै काममा व्यस्त हुनुहुन्छ, उहाँको काम नै त्यस्तै छ । घरमा साना बालबालिका र बुढाबुढी भएकाले उहाँ छुटै आइसोलेसनमा बस्नु भएको छ ।

यो पनि पढ्नुहोस्
कोरोना संक्रमणबाट बच्न चाहनुहुन्छ भने छोड्नुस् यी बानी
‘विद्युतीय सवारीसाधन प्रतिस्थापन गर्न सकिन्छ तर कार्यान्वयनकै डर छ’
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’
निःशुल्क खाद्यान्न : भोकै भए खबर गरौँ !
यी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन

के-के कुरामा बढ्यो बजेट ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested