६ हजार ४ सय ९१ जना कोरोना संक्रमण मुक्त
गत २४ घण्टामा नेपालमा थप ६ हजार ४ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ ।
नेपालको क्वारेन्टाइनमा अहिले ६ सय ८९ जना रहेका छन् भने आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ४ सय ७० रहेको छ ।