English

निःशुल्क खाद्यान्न : भोकै भए खबर गरौँ !



कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षाघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा जीवन बिताइरहेका असहाय, अशक्त महिला, दुवै मिर्गौला फेल भएका, गरिब, टुहुरा बालबालिका गरी उपत्यकाका तीन जिल्लाका ६३ परिवारलाई खाद्यान्न वितरण गरिसकेको नमस्ते ख्वप टिभीका निर्देशक तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले जानकारी दिए । उनले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरेका छन् ।

अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिए ।

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका बारेमा जानकारी आएअनुसार जिल्लाका मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण, भक्तपुर नगरपालिका तथा काठमाडौंको कागेशवरी मनोहरा, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको नमस्ते ख्वप टिभीका कार्यक्रम निर्देशक एवं नृत्य निर्देशक रञ्जना सितिखुले जानकारी दिइन् ।

‘सक्नेले नसक्नेलाई सहयोग गरौँ’ भन्ने नाराका साथ अभियान शुरु भएसँगै स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिले गरेको नगद तथा जिन्सी सहयोग सङ्कलन गर्दै समस्यामा परेकालाई वितरण गर्दै आएको उनले बताइन्।

त्यस्तै जरो किलो महाअभियानले काठमाडौंका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिए । निषेधाज्ञाका कारण समस्यामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने ३०० परिवारलाई खाद्यान्न सहयोग गरिसकेको उनले बताए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।