English

प्रकाशकीय



प्रिय पाठकबृन्द ! जीवन, बाँच्ने एउटा कला हो ।

जीवन पद्धति पनि हो ।

राईज मिडियाद्वारा प्रकाशित मेरो लाइफस्टाइल डटकम (merolifestyle.com) मानिसलाई सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्वेश्यले डिजिटल प्लेटफर्ममार्फत तपाईंहरु माँझ आएको छ ।

कुनैपनि देशको समृद्धिको मापन त्यहाँका नागरिकको जीवनशैंलीले निर्धारण गर्छ ।
सन् २०२६ अर्थात् आगामी पाँच बर्षपछि नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा फड्को मार्दैछ । संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरउन्नति गर्न सिफारिस गरेको हो । यसका लागि राष्ट्रसंघले नेपाललाई पाँच वर्षको समय-सीमा दिएको छ ।

यो अवधिमा मुलुकले तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । मुलुकले फड्को मार्न ‘होस्टे’ गर्ने यो अवधिमा ‘हैंसे’ थप्नु हाम्रो दायित्व हो । मेरो लाइफस्टाइल डटकमले यो दायित्व पूरा गराउन आफ्नो भूमीका निर्वाह गर्नेछ । नागरिकको जीवन शैली सुधारको वकालत गर्दैगर्दा यससँग सम्बन्धीत अधिकारका आधारभूत पक्षहरु तथा अवरोधका विरुद्ध खबरदारी गर्ने पत्रकारिताको सिद्धान्तबाट हामी किञ्चित विचलित हुने छैनौँ ।

अबको मुलधार पत्रकारिता जेलिएको राजनीति होईन, विकास र सम्भावनाको खोजी हुनुपर्छ भन्ने हाम्रो मुल मर्म हो । एउटा उन्नत समाजको स्थापनापछि जनताको लाइफस्टाइलको कोणबाट राजनीति र अर्थतन्त्र हाँकिनेछन् । त्यसबेला लाइफस्टाइल नै ‘मूलधार’ बन्ने छ भन्ने हाम्रो विश्वास हो ।

हाम्रो यही विश्वासलाई मूर्तरूप दिन तपाईंले पाठक र दर्शकका साथै आलोचक, समीक्षक र विज्ञापन दाताको भूमिका समेत निर्वाह गरिदिनु भयो भने हामी सँग–सँगै गन्तब्यमा पुग्नसक्ने छौं । यहाँहरुबाट प्राप्त हुने सल्लाह सुझाव हाम्रा लागि अमुल्य मार्ग निर्देशन बन्नेछ ।

तुलसी कुमार गुरुङ
अध्यक्ष, राइज मिडिया नेटवर्क



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।