English

खाद्यान्न सकिए यी नम्बरमा गर्नुस् फोन, सरकारको गाडी घरमै आइपुग्छ (नम्बरसहित)



कोरोना संक्रमणको दरलाई नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा थप कडाइ हुँदैछ । किराना पसल समेत बन्द हुँदा नागरिकलाई पर्न जाने असुविधालाई ध्यानमा राखी घर–घरमै मोवाइल गाडीमार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


कार्यालयले बिहिबार एक सूचना जारी गर्दै कतै खाद्यान्न वस्तूको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

कहाँ कसलाई गर्ने सम्पर्क ?

कार्यालयका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द (९८५१३२०३१४), विभागीय प्रमुख भीमप्रसाद थापा (९८५११३६७८५), प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा (९८५११२१७८८) लाई सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिट्ेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ(९८५१०२२५६४), नायव कार्यकारी अधिकृत कुमार राजभण्डारी( ९८५१०३३३०३), विभागीय प्रमुख सबल रिजाल(९८५१११३६६०) र अधिकृत प्रज्वल प्रधान(९८४१३३२९९०, ९८१३२७२५६३) लाई सम्पर्क गर्न सकिनेछ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।