महिला ‘बरघर’ले चलाएको थारू समाज
थारू समुदायको भल्मन्सा वा बरघर पुरानो प्रथा हो । यस प्रथामा थारू गाउँको एकजना व्याक्तिलाई गाउँको मुखियाका रुपमा चुनिन्छ, त्यसैलाई भल्मन्सा अर्थात् बरघर भनिन्छ । बरघरले गाउँमा परि आएको जस्तो सुकै समस्या समाधानको जिम्मेवारी बहन गर्छन् ।
गाउँको भल्मन्सालाई पहिला कुनै किसिमको सेवा सुविधा नभएको थारू समुदायका जानकारहरु बताउँछन् । तर, पछिल्लो समयमा भल्मन्सालाई वर्ष दिनमा यातायाात, फोन खर्च वा गाउँको काम गरेबापत केही रुपैयाँ वा धान वर्ष दिनमा दिने प्रचलन बढेको छ ।
थारू समाजमा जन्मदेखि मरणसम्म भल्मन्साको ठुलो महत्व रहेको हुन्छ । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा यस समुदायले भल्मन्साको अगुवाइमा झै–झगडा मिलाउनेदेखि मुद्धा मामिलाको फैसला समेतको काम गर्दै आएका छन् ।
गाउँको भल्मन्सालाई पहिला कुनै किसिमको सेवा सुविधा नभएको थारू समुदायका जानकारहरु बताउँछन् । तर, पछिल्लो समयमा भल्मन्सालाई वर्ष दिनमा यातायाात, फोन खर्च वा गाउँको काम गरेबापत केही रुपैयाँ वा धान वर्ष दिनमा दिने प्रचलन बढेको छ ।
त्यसो त यस थारू समुदायमा गाउँका व्यक्तिहरुको सहमतिमा एक जनालाई भल्मान्सा बनाउने चलन थियो । तर पछिल्लो समयमा गाउँका धेरै व्यक्ति भल्मन्साको नेतृत्व गर्नका लागि होडबाजी हुने भएकाले भल्मन्सा चुन्नका लागि चुनाव गर्ने प्रचालन बढेको छ । थारू गाउँमा माघको पहिलो हप्तामा भल्मन्सा चुन्ने पुरानो चलन हो र अहिले पनि यही चलन निरन्तरता पाएको छ ।
उसो त यस समुदायमा पुरुषलाई मात्र गाउँको भल्मान्सा बनाउने प्रचाल थियो तर केही वर्ष यता महिला पनि भल्मन्सा बन्ने प्रचालन बढेको छ । गाउँ चलाएका महिला भल्मन्साहरुको अनुभव यस्तो छ ।
२०७६ सालमै भल्मन्सा बन्ने योजना बनाएकी सुमित्रालाई महिला भएकाले भल्मन्सा बन्न नदिने गाउँमा विरोध भएको सुनाउँदै उनी भन्छिन्, ‘गाउँमा म भल्मन्सा बन्ने भएपछि पुरुषले विरोध गरे ।’
सुमित्रा चौधरी
थारू समुदायको महिला भल्मन्सा मध्ये ३५ वर्षीय सुमित्रा चौधरी एक हुन् । उनी भजनी नगरपालिका वडा नं. ६, थापापुरमा पर्ने थारू टोलमा २०७७ सालमा भल्मन्सा बनेकी थिइन् । २०७६ सालमै भल्मन्सा बन्ने योजना बनाएकी सुमित्रालाई महिला भएकाले भल्मन्सा बन्न नदिने गाउँमा विरोध भएको सुनाउँदै उनी भन्छिन्, ‘गाउँमा म भल्मन्सा बन्ने भएपछि पुरुषले विरोध गरे ।’
महिलालाई भल्मन्सा नबनाउने कुराले उनलाई चित्त बुझेन । उनी भल्मन्सा बन्नका लागि गाउँमा चुनाव नै भयो । ०७६ मा भएको भल्मन्साको निर्वाचनमा उनी पराजय भइन् । तर, डगमगाइनन् ।
अर्को वर्ष फेरि भल्मन्सा बन्ने निधो गरिन र २०७७ साल माघमा भल्मन्सा बनिन् । त्यतिबेला भने सहमतिमै भल्मन्सा निर्वाचित भइन् । तर, भल्मन्सा बन्नका लागि उनले एउटा शर्त मान्नुपर्ने भयो ।
त्यो हो गाउँको जिम्मेवारी बहन गरेबापट कुनै सुविधा नलिने । उनी त्यो मान्न तयार भएपछि मात्र आफू भल्मन्सामा निर्वाचित भएको उनी बताउँछिन् । भल्मन्सा भए पनि गाउँमा आफूप्रति सम्मानजनक व्यवहार नभएको उनको गुनासो छ । तर, अन्य ठाउँमा जाँदा भने भल्मन्सा भनेपछि उनको बेग्लै सम्मान हुन्छ । त्यसो उनी सन्तुष्ट छिन् ।
उनलाई सुरुमा आफूले केही गर्न सक्दिनँ कि भन्ने लाग्थ्यो । त्यही डरले उनले भल्मन्सा नबन्ने निधो गरेकी थिइन् । तर, सबैले साथ, सहयोग र हौसला दिएपछि भल्मन्साका बनेको कृष्णा बताउँछिन् ।
कृष्णा चौधरी
भजनी नागरपालिका वडा नं. ८ सोनाफाँटा टोलकी ३२ वर्षीय कृष्णा चौधरी गत माघमा भल्मन्सा निर्वाचित भइन् । यस टोलमा करिब दुई सय घरपरिवार रहेका छन् । ति घरपरिवारमा परिआएको साना–तिना मुद्धा मामिला गाउँमै मिलाउँछिन् । उनी भन्छिन्, ‘गाउँघरमा आएको साना–तिना मुद्धा मामिला गाउँमै मिलाउछु ।’
उनलाई सुरुमा आफूले केही गर्न सक्दिनँ कि भन्ने लाग्थ्यो । त्यही डरले उनले भल्मन्सा नबन्ने निधो गरेकी थिइन् । तर, सबैले साथ, सहयोग र हौसला दिएपछि भल्मन्साका बनेको कृष्णा बताउँछिन् । ‘गाउँको जिम्मेवारी बहन गर्न नसक्ने होकी डर लागेको थियो,’ उनी भन्छिन्, ‘तर गाउँका सबैजनाले सहयोग गर्नु भयो अहिले सहजै जिम्मेवारी पुरा गरिरहेकी छु ।’
कृष्णा सोनाफाँटा टोलकी पढेलेखेकी महिला पनि हुन् । त्यसो त उनको कामलाई सबैले चित्त बुझाएका छन् । अहिलेसम्म कसैले विरोध नगरेको उनी सुनाउँछिन् ।
गाउँमा आउने विकासका नयाँ योजना होस् वा कुनै समस्या सम्बन्धित निकायमा समन्वय गर्न उनी समन्वयात्मक भूमिका निर्वाह गर्छिन् । यसरी गाउँको सेवा गरेबापत उनले घरपरिवारले वर्षमा दुई किलो धान संकलन गरेर दिन्छन् ।
कैलारी गाउँपालिका वडा नं.४ के गाउँकी ४० वर्षीय सरिता चौधरी दुई वर्ष भल्मन्सा पदमा रहेर गाउँको नेतृत्व गरिन् । लगभग ५५ घरपरिवार रहेको यस टोलमा २०७५ माघ महिना देखि २०७७ सम्म उनले भल्मन्साको जिम्मेवारी पुरा गरेकी हुन् ।
सरिता चौधरी
कैलारी गाउँपालिका वडा नं.४ के गाउँकी ४० वर्षीय सरिता चौधरी दुई वर्ष भल्मन्सा पदमा रहेर गाउँको नेतृत्व गरिन् । लगभग ५५ घरपरिवार रहेको यस टोलमा २०७५ माघ महिना देखि २०७७ सम्म उनले भल्मन्साको जिम्मेवारी पुरा गरेकी हुन् ।
गाउँको कामका लागि बाहिर हिँड्डुल गर्न साइकल चलाउन नआएर र भल्मन्साको जिम्मेवारीबारे केही जानकारी नभएर सुरुसुरुमा समस्या परेको आफ्नो अनुभव सुनाउँछिन् । ‘भल्मन्सा बनेर सुरुका दिनमा केही थाहा नभएर समस्या पर्यो,’ उनी भन्छिन् , ‘त्यसैले काम गर्न सक्दिनँ कि भन्ने धेरै चिन्ता थियो ।’
कुनै बैठकमा सहभागि हुँदा होस् वा मान्छेसँग बोल्न हिच्किचाउने उनी अहिले आफ्नो कुरा सबैको अगाडी राख्न सक्ने भएकी छिन् । भल्मन्साको जिम्मेवारी बहन गर्दै जाँदा अरुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा सिकेको उनी बताउँछिन् । ‘कसरी बोल्ने के बोल्ने सुरु–सुरुमा सार्है गाह्रो पर्यो,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा यि कुराहरु सिकियो ।’
यसरी गाउँको जिम्मेवारी बहन गरे बापत उनकै पालाबाट प्रत्येक घरपरिवारबाट वर्षमा एकपटक दुई सय रुपैयाँ उठाएर बरघरलाई दिने चलन बसेको हो ।