गत २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै
नेपालमा गत २४ घण्टामा थप ६ हजार ७ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय ४५ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ६ हजार ८ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ५३ रहेको छ भने १ लाख १७ हजार ७७ जना आइसोलेशनमा रहेका छन् ।