पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर, खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयका कृषि शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिन्छन् ।
बागलुङ नगरपालिका–४ का निश्चल अढाई वर्षअघि मकवानपुरको थाहा नगरपालिकामा कृषि प्रशिक्षकको रुपमा आएका हुन् । उनले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म बाली विज्ञान अध्यापन गराउँछन् ।
उनको नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी, गोलभेंडालगायतका तरकारीका बेर्ना हुर्किरहेका छन् । कोरोना प्रभावको कारण विद्यालयमा प्रत्यक्ष पठनपाठन ठप्प भएका बेला निश्चलको भने पूरा समय नर्सरीमा बितिरहेको छ ।
बागलुङको बागलुङ नगरपालिका–४ का निश्चल अढाई वर्षअघि मकवानपुरको थाहा नगरपालिकामा कृषि प्रशिक्षकको रुपमा आएका हुन् । उनले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म बाली विज्ञान अध्यापन गराउँछन् ।
अढाई वर्ष अघि जनकल्याणमा कृषि प्राविधिकका लागि विज्ञापन खुल्यो । उनका साथी विनोद केसीले विज्ञापनको बारेमा जानकारी गराएर फामर भर्न सुझाए । उनले नाम पनि निकाले । तर, उनी कृषि शिक्षकको रुपमा मात्र सिमित छैनन ।
विद्यार्थीलाई व्यावहारिक रुपमा फिल्डमा समेत सक्रिय गराउनु उनको कर्तव्य थियो नै, त्यसका अतिरिक्त कृषिमा नविनतम प्रविधि भित्राएर कृषकहरुका लागि केही गर्न सकिन्छ कि भन्ने उनको सोच थियो । त्यही सोचको परिणाम हो– हाइटेक नर्सरी । सम्भवत: नेपालमै पहिलोपटक जापानी प्रविधिको ग्रीन हाउस निर्माण गरेर हाइटेक नर्सरी स्थापना गरिएको निश्चल बताउँछन् ।
तरकारीको मूल्य पनि राम्रै पाइन्छ तर, यस्ता तरकारी उत्पादन गर्नका लागि गुणस्तरीय बीउ र बेर्ना उत्पादन गर्न नसक्नु यहाँका कृषकको मूख्य समस्या हो । यही समस्या र आवश्यकतालाई बुझेर कृषकलाई गुणस्तरीय बेर्ना उपलब्ध गराउन हाइटेक नर्सरी सुरु गरिएको निश्चल बताउँछन् ।
थाहा नगरपालिका झण्डै शत् प्रतिशत घरपरिवार कृषिमा आश्रित भएको स्थानीय तह हो । थाहालाई कतिपयले ‘बेमौसमी तरकारीको राजधानी’को संज्ञासमेत दिने गर्दछन् । तीन दशकयता यहाँका कृषकले बमौसमी नगदे तरकारी खेती गर्दै आएका छन् । आलु, काउली, बन्दा, मूला, गाँजर, धनिया, खुर्सानी, मटरकोसा, गोलभेंडा यहाँका मूख्य तरकारी बालीहरु हुन् ।
काठमाडौँ, हेटौैँडा, पोखरा, विराटनगर, दमौली, वीरगन्ज, नारायणगढ लगायतका शहरमा थाहा नगरपालिका (पालुङ) को तरकारीको माग हुन्छ । त्यतिमात्र होइन, थाहाको तरकारी भारत, भुटान र श्रीलङ्कासम्म निर्यात हुन्छ ।
बेमौसमी भएकाले तरकारीको मूल्य पनि राम्रै पाइन्छ तर, यस्ता तरकारी उत्पादन गर्नका लागि गुणस्तरीय बीउ र बेर्ना उत्पादन गर्न नसक्नु यहाँका कृषकको मूख्य समस्या हो । यही समस्या र आवश्यकतालाई बुझेर कृषकलाई गुणस्तरीय बेर्ना उपलब्ध गराउन हाइटेक नर्सरी सुरु गरिएको निश्चल बताउँछन् ।
आधुनिक कृषिमा विश्वकै नमूना बनिरहेका जापान र इजरायलमा धेरैजसो हाइटेक ग्रीन हाउसमा तरकारी खेती हुने गरेको छ । तर, नेपालमा भने यसअघि जापानी प्रविधिको ग्रीन हाउस निर्माण नगरिएको निश्चलको दाबी छ । जापानको मात्सुजाकाया प्रा.लि.को सम्बन्धनमा मिसन फर ग्रीन इन्टरप्राइजेज प्रा.लिले नेपालमा यस वर्ष मकवानपुरसहित पोखरा, सिन्धुपाल्चोक र बागलुङमा ग्रीन हाउस निर्माण गरेको उनले बताए ।
अहिले नेपालमा आम कृषकहरुले निर्माण गरिरहेको ग्रीन हाउस इजरायली प्रविधिको हो । अहिले नेपालमा आम कृषकले ग्रीन हाउस निर्माण गर्दा ९० देखि १२० जिएसएम (ग्राम प्रति वर्गमिटर) को सिल्पोलिन प्लास्टिकको प्रयोग हुन्छ । जापानी प्रविधिको ग्रीन हाउसमा भने सुपर सिल्पोलिन प्लास्टिकको प्रयोग गरिएको हुन्छ जुन ४५ देखि ६० जिएसएमबाट बनेको हुन्छ ।
प्लास्टिकमा जति जिएसएम कम भयो त्यतिकै मात्रामा सूर्यको प्रकाश छिर्ने निश्चल बताउँछन् । इजरायली प्रविधिको ग्रीन हाउस एक–दुई वर्षमै प्रभावहिन हुने तर, जापानी प्रविधिको ग्रिन हाउस पाँच देखि सात वर्षसम्म टिक्ने भएकोले आफू यो प्रविधितर्फ आकर्षित भएको उनी सुनाउँछन् ।
इजरायली प्रविधिको ग्रीन हाउसमा जमिनमा सिमेन्टको ढलान गरेर डण्डीहरु स्थिर बनाइनुका साथै बलियोका लागि ‘वेल्डिङ’ गरिने भएकोले पछि एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिँदैन । जापानी प्रविधिको ग्रीनहाउस हावापानीअनुसार उचाई मिलाउन सकिन्छ ।
‘यस प्रविधिको ग्रीन हाउसमा प्रयोग हुने पाता तथा पाइप २० वर्षसम्म टिक्छ,’ उनले भने ,‘सुपर सिल्पोलिन प्लास्टिकका कारण करिब चार सेन्टि मिटरसम्मको असिना थेग्न सक्ने हुन्छ । यो प्लास्टिक सिसाजस्तै पारदर्शी हुन्छ ।’
के हो ग्रिन हाउस ?
सुपर सिल्पोलिन प्लास्टिकबाट बनेको जापानी प्रविधिको ग्रीन हाउस सामान्यतया ६ दशमलव ४ मिटर चौडाईं र २५ मिटर लम्बाईंको निर्माण गरिन्छ । यसमा प्रयोग हुने सामान तीन जना कामदारले सजिलै बोक्न सक्छन् भने तीन जना दक्ष कामदारले दुई दिनमा जडान गर्न सक्छन् । यसलाई सजिलै अन्यत्र स्थानान्तरण पनि गर्न सकिन्छ ।
इजरायली प्रविधिको ग्रीन हाउसमा जमिनमा सिमेन्टको ढलान गरेर डण्डीहरु स्थिर बनाइनुका साथै बलियोका लागि ‘वेल्डिङ’ गरिने भएकोले पछि एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिँदैन । जापानी प्रविधिको ग्रीनहाउस हावापानीअनुसार उचाई मिलाउन सकिन्छ ।
नर्सरीसमेत सुरु गर्दा अहिलेसम्म ३३ लाख रुपैयाँ लगानी भइसकेको निश्चल बताउँछन् । पूर्ण क्षमतामा नर्सरी सञ्चालन हुँदासम्म ८५ लाख रुपैयाँ लगानी पुग्ने उनको अनुमान छ । निश्चललाई उनका साथी विनोद केसीले हाइटेक ग्रीन हाउस र नर्सरी परियोजनामा सघाइरहेका छन् ।
आवश्यकता र क्षेत्रफलअनुसार यो ग्रीनहाउस अष्टभुज, यू, भी र ट्रस गरी चार प्रकारको आकारमा निर्माण गर्न मिल्छ । तापक्रम, रोग र कीरा नियन्त्रण गर्न मिल्ने भएकोले ग्रीन हाउसमा गुणस्तरीय बेर्ना तयार पार्न सकिने निश्चल बताउँछन् ।
२३ लाख रुपैयाँ लगानीबाट सुरु
अहिले निश्चलले थाहा नगरपालिका–४ शिखरकोटमा तीन वटा जापानी हाइटेक ग्रीन हाउस निर्माण गरेका छन् । उनले करिव २३ लाख रुपैयाँ निजी लगानीमा ग्रीन हाउस स्थापना गरेका हुन् ।
नर्सरीसमेत सुरु गर्दा अहिलेसम्म ३३ लाख रुपैयाँ लगानी भइसकेको निश्चल बताउँछन् । पूर्ण क्षमतामा नर्सरी सञ्चालन हुँदासम्म ८५ लाख रुपैयाँ लगानी पुग्ने उनको अनुमान छ । निश्चललाई उनका साथी विनोद केसीले हाइटेक ग्रीन हाउस र नर्सरी परियोजनामा सघाइरहेका छन् ।
‘स्थानीय क्षेत्रमा समन्वय गर्नेदेखि हाइटेक ग्रीन हाउस र नर्सरी व्यवस्थापनमा विनोदको महत्वपूर्ण योगदान रहेको छ,’ निश्चल भन्छन्, ‘उहाँसँग चिनजान नभएको भए म यतिबेला थाहामा हुने थिइनँ होला, यो नर्सरी सुरु गर्न र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका उहाँकै छ ।’
यतिबेला मकवानपुरमा पनि निषेधाज्ञा जारी छ । तर, निश्चललाई निषेधाज्ञा त के घाम–पानी, हावा, हुरी र असिनाले समेत आफ्नो कर्मलाई निरन्तरता दिन रोकेको छैन । कृषकको मागअनुसार अहिले नर्सरीमा १२ हजार काउली, ८ हजार बन्दा, १८ हजार खुर्सानी र २ हजार गोलभेँडाका बेर्ना हुर्किरहेका छन् ।
नर्सरीमा ह्वाइट टप र सुपर जातको काउली, बिआर र बिक्सन जातको बन्दा, बक्सर, नामधारी र अकबरे खुर्सानी र सिर्जना जातका गोलभेँडाका बेर्ना रहेका छन् । बीउ राखेको १५ देखि २० दिनसम्म काउली–बन्दा र २० देखि २५ दिनभित्र खुर्सानी–गोलभँेडाको बेर्ना रोप्न तयार हुने उनी बताउँछन् । सामान्यतया खुल्ला जमिनको नर्सरीमा भन्दा ग्रीन हाउसमा १५ दिनअगावै बेर्ना तयार हुन्छ ।
अबको योजना
तरकारीसँगै अब फलफूलको बेर्ना तयार गर्ने र सयपत्री, लिली, गुलाबजस्ता फूलहरुको नर्सरी छिट्टै सुरु गर्ने निश्चलको योजना छ । ग्रीन हाउसमा ६ लाख बेर्ना तयार पार्न सक्ने क्षमता छ । ६ लाख बेर्ना विक्री गर्दा करिव तीन लाख रुपैयाँ नाफा हुने निश्चलको अनुमान छ ।
कृषकले खुला जमिनमा राखेको तरकारीको बेर्नालाई असिनाले सखाप पारेपछि नर्सरीमा बेर्नाको अर्डर आउन थालेका छन् ।
हाल थाहा नगरपालिका लक्षित गरिए पनि भविष्यमा मकवानपुर जिल्ला र हिमाली तथा पहाडी जिल्लाका कृषकलाई लक्षित गरेर वेर्ना तयार गर्ने उनको योजना छ ।
ग्रीन हाउसमा तयार गरिएको बेर्नाबाट खेती गर्दा रोगव्याधी लाग्ने सम्भावना कम हुने र उत्पादनमा वृद्धि हुने भएकोले व्यावसायिक खेतीका लागि उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ । हरेक विरुवाको निश्चित आयु हुने भएकोले तिनीको जीवन चक्रलाई सहीरुपमा बुझेर खेती गर्न सके उत्पादन राम्रो लिन सकिन्छ । बीउ राखेको ९० दिनमा उत्पादन गरेर बेच्नुपर्ने बाली खुला जमिनमा तयार गरिएको बेर्ना रोप्ने बेलासम्म ६० दिन गुज्रिसकेको अवस्थामा उत्पादन नाम मात्रको हुन्छ । ग्रीन हाउसमा छिटो बेर्ना तयार हुने भएकोले राम्रो उत्पादन दिने निश्चल बताउँछन् ।
हाल थाहा नगरपालिका लक्षित गरिए पनि भविष्यमा मकवानपुर जिल्ला र हिमाली तथा पहाडी जिल्लाका कृषकलाई लक्षित गरेर वेर्ना तयार गर्ने उनको योजना छ । ‘मलाई पहिले यस प्रविधिबारे जानकारी थिएन,’ उनले भने, ‘अहिले काम गर्दै जाँदा यसलाई मुलुकभरि नै विस्तार गर्ने हो भने कृषकले अधिकतम फाइदा पाउने देखेको छु ।’
निश्चलका साथी विनोद केसी पनि सरकारले यो प्रविधिलाई सरकारले अध्ययन गरेर आफ्नो नीति तथा कार्यक्रम भित्र समावेश गर्नुपर्ने बताउँछन् । ‘यस्तो प्रविधिको प्रवद्र्धन गर्न सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्छ,’ विनोदले भने ।
‘कृषकलाई यसको उपयोगिता मात्र होइन, व्यवसायिक खेतीबारे आवश्यक परामर्शसमेत दिने गरेको छु’ उनले भने । आगामी दिनमा जनकल्याण माविका कृषि विषयका विद्यार्थीले निश्चलकै नर्सरीमा ‘ओजेटी’ गराउने सोच बनाएका छन् ।
ग्रीन हाउसमा अन्यत्रभन्दा कम्तीमा तीन गुणा बढी तरकारी फलाउन सक्ने वातावरण हुने भए पनि तत्काललाई बेर्ना उत्पादनमै जोड दिइने निश्चल बताउँछन । ‘ग्रीन हाउसमा छिटो उत्पादन हुने खालका बन्दा, काउली, गाँजर, गोलभेँडा जस्ता खेतीगर्न सकिने भए पनि अहिलेको मुख्य लक्ष्य स्थानीय कृषकहरुलाई गुणस्तरीय बेर्ना उपलब्ध गराउनु नै हो,’ उनले भने ।
बन्न थाल्यो अध्ययन केन्द्र
नगरमा नयाँ प्रविधिको ग्रीन हाउस स्थापना गरेर नर्सरी सुरु भएपछि स्थानीय कृषकहरुका लागि अध्ययन केन्द्र बन्न थालेको छ । नजिकका कृषकहरु ग्रीन हाउसमा आएर अवलोकन गर्ने र बेर्नाको अर्डर गर्ने गरेको निश्चल बताउँछन् । नविनतम प्रविधि भएकोले स्थानीय जनप्रतिनिधिहरु र कृषि प्राविधिक पनि अवलोकनको लागि आउने गरेका छन् । निश्चलले अवलोकनकर्तालाई जापानी प्रविधिको ग्रीन हाउसको उपयोगिताबारे बताउँछन् ।
‘कृषकलाई यसको उपयोगिता मात्र होइन, व्यवसायिक खेतीबारे आवश्यक परामर्शसमेत दिने गरेको छु’ उनले भने । आगामी दिनमा जनकल्याण माविका कृषि विषयका विद्यार्थीले निश्चलकै नर्सरीमा ‘ओजेटी’ गराउने सोच बनाएका छन् ।
हाइटेक नर्सरी सञ्चालनमा विश्वभर फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नपरे पनि सामान ढुवानी र किसानसँग प्रत्यक्ष अन्तरक्रिया गर्न समस्या भएको निश्चल बताउँछन् । ‘नर्सरीका लागि ट्रे र पिटमस ल्याउन समस्या भइरहेको छ’ उनले भने, ‘तत्काललाई बीउबिजन भने नजिकको बजारमा पाइरहेको छ ।’
विगतका केही वर्षदेखि थाहा नगरपालिकामा प्लास्टिकको टनेल प्रविधिबाट व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । बाली उत्पादन र कृषकको आम्दानी सुरक्षित हुने भएपछि स्थानीय सरकारले पनि टनेल खेती प्रवद्र्धनमा जोड दिँदै आएको छ । थाहामा निश्चलले भित्राएको जापानी प्रविधिको ग्रीन हाउस र हाइटेक नर्सरीले भविष्यमा स्थानीय कृषि अर्थतन्त्रमा राम्रो योगदान गर्न सक्ने देखिन्छ ।