थप ६ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा थप ६ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ
। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय ६९ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या ६ हजार ७ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा कोरोना पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १४ रहेको छ भने १ लाख १७ हजार २ सय ६१ जना आइसोलेशनमा रहेका छन् ।