English

अक्सिजन प्लान्ट स्थापना गर्न जनशक्ति, बजेट र समय कति लाग्छ ?



कोरोना भाइरसको महामारीले गर्दा यतिबेला नेपालमा अक्सिजनको माग बढ्दो छ । यसैको अभावमा केही संक्रमितले ज्यान पनि गुमाए । तर, अहिले अक्सिजनको अभाव नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । उनकाअनुसार काठमाडौं उपत्यकामा ८ वटा उद्योगहरुले दैनिक ७ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्छन् । यसैगरी, उपत्यका बाहिर १० हजार सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको उनले जानकारी गराए ।

यसैगरी, एकसाता अघि अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई थप १६ करोड ८० लाख रुपैयाँ बजेट खर्च गर्न सहमति दिएको छ । यसका साथै, विभिन्न जिल्लाहरुमा पनि अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बजेट विनियोजन हुन थालेका छन् । तर, कतिपय ठाउँमा जनशक्तिको अभावमा अक्सिजन प्लान्ट निर्माण सकिरहेको छैन ।

अहिले बजारमा दक्ष जनशक्ति नभएकाले अक्सिजन प्लान्ट बनाउन समस्या परिरहेको व्यवसायीहरु बताउँछन् । जसकारण अक्सिजन उत्पादनमा कम भइरहेको छ ।

अक्सिजन प्लान्ट स्थापना गर्न बजेट, जनशक्ति र समय कति लाग्छ ?

एउटा अक्सिजन प्लान्ट स्थापना गर्न एक महिनाको समय लाग्ने सिता अक्सिजन ग्याँसका मार्केटिङ म्यानेजर ध्रुव कार्की बताउँछन् । ‘यो सानो अक्सिजन प्लान्टको लागि भएको र ठूलो प्लान्ट जडान गर्न भने ६ देखि ७ महिनासम्मको समय लाग्न सक्छ,’ उनले भने, ‘अहिले अस्पतालमा राखिएको भनेको सानो अक्सिजन प्लान्ट हो, यसलाई जडान गर्न दुई जना भए पुग्छ तर यसका लागि एक करोड रुपैयाँको हाराहारीमा खर्च हुन्छ ।’

अहिले बजारमा दक्ष जनशक्ति नभएकाले अक्सिजन प्लान्ट बनाउन समस्या परिरहेको व्यवसायीहरु बताउँछन् । जसकारण अक्सिजन उत्पादनमा कम भइरहेको छ । त्यसैले उत्पादनभन्दा बढी अक्सिजनको माग रहेको कार्की बताउँछन् । ‘एउटा अक्सिजन सिलिण्डरको मूल्य २५ हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘काठमाडौं उपत्यका र बाहिरको लागि प्लान्ट स्थापना गर्न उत्तिकै जनशक्ति, बजेट र समय लाग्छ ।’

सीता अक्सिजनले दैनिक ७ सय सिलिण्डर उत्पादन गर्छ । जसले १२ वटा अस्पताललाई अक्सिजन उपलब्ध गराइरहेको कार्कीले बताए । ‘ अझै अस्पतालको माग पूरा गर्न सकेका छैनौँ,’ उनी भन्छन्, ‘विभिन्न अस्पतालहरुबाट दिनमा २ हजार २ सय जतिको अक्सिजन सिलिण्डरको माग आए पनि कम्पनीको क्षमता यो भन्दा धेरै छैन । यदि यो भन्दा धेरै उत्पादन गर्ने हो भने अर्को प्लान्टको आवश्यक पर्छ ।’

‘गत हप्ताको परिस्थिती भन्दा अहिले अक्सिजनको व्यवस्थापन धेरै राम्रो भएको छ’, अधिकारीले भने, ‘अक्सिजनको माग धेरै भएका अस्पताल र अक्सिजन उत्पादन कम्पनीमा भएका कमी कमजोरीलाई सुधार्दै व्यवस्थापन गरिरहेका छौं ।’

किन बढीरहेको छ, अक्सिजनको चाप ?

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या केही घटे तापनि अक्सिजनको चाप भने घट्न सकेको छैन । खपथ बढी भएकाले अक्सिजनको अभाव देखिएको मन्त्रालयका सह–प्रवक्ता अधिकारीले बताए ।

अहिले पनि अस्पतालहरुमा अक्सिजन चाहिने संक्रमितको संख्या बढीरहेको छ । तर, गत हप्ताको भन्दा अक्सिजनको चाप धेरै कम भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । कहिलेकाहीँ अक्सिजन उत्पादक उद्योगहरु बिग्रिएर आपूर्तिमा गाह्रो हुने गरेको छ ।

‘गत हप्ताको परिस्थिती भन्दा अहिले अक्सिजनको व्यवस्थापन धेरै राम्रो भएको छ’, अधिकारीले भने, ‘अक्सिजनको माग धेरै भएका अस्पताल र अक्सिजन उत्पादन कम्पनीमा भएका कमी कमजोरीलाई सुधार्दै व्यवस्थापन गरिरहेका छौं ।’

यो पनि पढ्नुहोस्
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested