English

तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?



नेपालमा यतिबेला कोरोना संक्रमण तीव्र गतिले बढीरहेको छ । त्यसो त यसलाई नियन्त्रणमा लिनका लागि देशका ७४ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । तर, ३ वटा जिल्ला (खोटाङ, तेह्रथुम र मनाङ) मा भने हालसम्म निषेधाज्ञा लागू भएको छैन ।

देशका ७४ वटै जिल्लामा निषेधाज्ञा जारी छ,’ दाहालले भने, ‘तर, यी तीन जिल्लामा भने नागरिक आफैं सतर्क भएर कोरोना नियन्त्रणमा सहयोग गरिरहेका छन् ।

आखिर किन ? तीनै जिल्लाका सम्बन्धित अधिकारीहरु नागरिक नै संयमित र अनुशासित भएकाले जिल्लामा निषेधाज्ञा लगाउन आवश्यकता नदेखिएको बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि यी जिल्लाहरुमा नागरिकहरु समयमै सचेत भएका कारण प्रशासनले कुनै आदेश दिनु नपरेको बताउँछन् । ‘देशका ७४ वटै जिल्लामा निषेधाज्ञा जारी छ,’ दाहालले भने, ‘तर, यी तीन जिल्लामा भने नागरिक आफैं सतर्क भएर कोरोना नियन्त्रणमा सहयोग गरिरहेका छन् ।’

निषेधाज्ञा नभएपनि यी जिल्लामा नागरिकहरु स्वयंमले अतिआवश्यक र निर्माणका सवारीसाधन, खाद्यान्न पसलबाहेकका अन्य पसलहरु बन्द गरेका छन् । यस्तै, सभा, सम्मेलन, विद्यालय, कलेज बन्द नै रहेका छन् ।

सरकारले पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय र काठमाडौँ उपत्यका, तराईमा सक्रिय संक्रमितको संख्या ५ सय पुगेमा स्थानीय प्रशासनले नै निषेधाज्ञा जारी गर्न सक्ने निर्देशन दिएको थियो ।

निषेधाज्ञा नभएपनि यी जिल्लामा नागरिकहरु स्वयंमले अतिआवश्यक र निर्माणका सवारीसाधन, खाद्यान्न पसलबाहेकका अन्य पसलहरु बन्द गरेका छन् । यस्तै, सभा, सम्मेलन, विद्यालय, कलेज बन्द नै रहेका छन् ।

निषेधाज्ञा नभए पनि अति आवश्यक काम बाहेक तेह्रथुम बासी बाहिर हिँडडुल नगरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमका सूचना अधिकारी गणेश न्यौपाने बताउँछन् । ‘बिहान ६ बजेदेखि १० बजेसम्म अतिआवश्यक पसलहरु सन्चालनमा आउँछन् र दिउँसो बन्द हुन्छन्, ’उनले भने ‘जिल्लामा आजसम्म कोरोना सक्रिय संक्रमित संख्या १ सय २१ रहेको र १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।’

खोटाङमा निषेधाज्ञा जारी नगरिए पनि व्यवसायीहरु आफैले कोरोना संक्रमण फैलिन नदिनका लागि अति आवश्यक सामाग्रीको पसल बाहेक अन्य पसल बन्द गरेको कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ बताउँछन् ।

यसैगरी मनाङमा कोरोनाको पूर्ण स्वास्थ्य मापदण्ड लागू गरी जिल्ला भित्रका सबै कार्य सन्चालन रहेको छ । यहाँका बासी संक्रमणबाट बाँच्न आफै नै सचेत रहेको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी शारदा चालिसे बताउँछिन् । उनी भन्छिन्, ‘संक्रमण नहोस भनेर नागरिक आफै सचेत हुनुहुन्छ ।’ हाल सम्म मनाङमा ३५ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

यसैगरी खोटाङमा निषेधाज्ञा जारी नगरिए पनि व्यवसायीहरु आफैले कोरोना संक्रमण फैलिन नदिनका लागि अति आवश्यक सामाग्रीको पसल बाहेक अन्य पसल बन्द गरेको कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ बताउँछन् । ‘हामीले यहाँका नागरिकलाई पसल, व्यवसाय बन्द गर्नुस् भन्नै परेन,’ उनले भने, ‘यहाँका नागरिक स्वयम् नै बुझेर कोरोना महामारीलाई नियन्त्रण गर्न लागि पर्नुभएको छ ।’

खाद्यान्नका सवारी सधान, एकै ठाउँमा बसेर गरिने निर्माणका कार्य संचालन भइरहेका छन् भने खाद्यान्नका पसल विहान ७ बजे देखि ९ बजे सम्म खुलेका छन् । सोमबार सम्म जिल्लामा १ सय ३६ जना संक्रिय संक्रमित रहेका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ । ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested