English

काठमाडौंमा ‘भेरोसेल’को दोस्रो मात्रा आजबाट लगाउन सुरु, कसको पालो कहिले ?



सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउन सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राको खोपका लागि आइतबारदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरी नगरपालिकामा ३ खोप केन्द्र, कीर्तिपुर, बुढानिलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका २-२ खोप केन्द्र, कागेश्वरी मनोहरा, तारकेश्वर शंखरापुर र दक्षिणकालीमा १-१ वटा खोप केन्द्र रहेका छन् ।

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।


खोप केन्द्रसम्म जानका लागि पहिलो डोजको खोप लगाएको कार्ड देखाएमा प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन नरोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘अहिले निषेधाज्ञा भएकाले निजी तथा सार्वजनिक यातायात बन्द छन् त्यसैले खोप केन्द्रसम्म जानका लागि निजी सवारीसाधनलाई पासको आवश्यकता पर्दैन,’ उनले भने, ‘खोप कार्ड देखाए हुन्छ ।’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested