English

चीनबाट १८ हजार अक्सिजनका खाली सिलिन्डर नेपाल आइपुगे



सरकारले चीनबाट १८ हजार अक्सिजनका खाली सिलिन्डर नेपाल ल्याएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार स्थलमार्ग हुँदै १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको हो । उनकाअनुसार तातोपानी नाकामा चीन सरकारले नेपाललाई सिलिन्डर हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४ सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५ सय ५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैर–आवासीय नेपाली संघको सहयोगमा ५ सय ६० खाली सिलिन्डर आएको थियो ।

कोभिड–१९ का संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्