एकैदिन ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा नेपालमा १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संखया ४ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । नेपालको क्वारेन्टाइनमा ६ सय ७५ जना रहेका छन् भने १ लाख ९ हजाaर ७ सय ४० जना आइसोलेसनमा रहेका छन् ।