English

निषेधाज्ञामा बालबालिकालाई मानसिक समस्याबाट कसरी जोगाउने ?



कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै आममानिसमा त्रास छ । निषेधाज्ञाले गर्दा यतिबेला मानिसहरु घरभित्रै छन् । यस्ता महामारी वा अन्य कुनै प्रकोपको प्रत्यक्ष असर बालबालिकामा देखा पर्छ ।

साना–साना कुरामा आत्तिने, जतिबेला पनि त्यही विषयमा मात्र कुराकानी गरिरहने जस्ता समस्याहरु देखिन सक्छन् । अहिले देश पूर्ण बन्दाबन्दीको अवस्थामा छ । यस्तो अवस्थामा बालबालिकालाई मानसिक रुपमा कस्ता समस्या देखिन्छन् ? यसबाट कसरी सुरक्षित राख्ने ? भयबाट कसरी जोगाउने ? मानसिक असर पर्न नदिन के गर्ने ? भन्नेबारे बाल मनोरोग विशेषज्ञ डा.अरुण कुँवरको सल्लाह यस्तो छ :

बालबालिका देखा पर्ने असर

राती राम्ररी नसुत्ने, रोइ रहने, घरबाट बाहिर निस्कन नमान्ने, चिन्ता लिने, पटक–पटक हात धोई राख्ने, झगडा गर्ने, दुःख दिई राख्ने, भनेको नमान्ने जस्ता समस्याहरु अहिले बालबालिकाहरुमा बढी देखिएको छ ।

यतिबेला निषेधाज्ञाले असर ठुला–साना सबैलाई परेको छ । तैपनि महामारी तथा कुनैपनि प्रकोपको समयमा बालबालिकाहरु डराउने, आत्तिने र तनाव लिने गर्छन् । मलाई पनि रोग लाग्छ कि वा मेरो आमाबाबालाई रोग लाग्यो भने के हुन्छ भन्ने जस्ता भावना उनीहरुको मनमा आउँछ ।

यस्तै, राती राम्ररी नसुत्ने, रोइ रहने, घरबाट बाहिर निस्कन नमान्ने, चिन्ता लिने, पटक–पटक हात धोई राख्ने, झगडा गर्ने, दुःख दिई राख्ने, भनेको नमान्ने जस्ता समस्याहरु अहिले बालबालिकाहरुमा बढी देखिएको छ ।

साथै, आत्तिने, टोलाउने, रिसाउने, झर्कने, जिद्धि गर्ने र केही बच्चाहरु त धेरै अत्तिएर अचेत अवस्थामा समेत पुग्ने गर्छन् ।

कसरी सुरक्षित राख्ने ?

धेरै डराएर रातभरी सुत्दैनन्, घरबाट बाहिर निस्कनै मान्दैनन्, रिसाउने, झर्कने, जति बेला पनि आत्तिने र त्रसित मात्र भइरहन्छन् भने उनीहरुको लागि रुटिन बनाइदिनु पर्छ । समयमा सुत्ने, उठ्ने, बिहान उठेपछि एक घन्टा व्यायामगर्ने, एक घन्टा जति किताब पढ्ने जस्ता कार्यहरु बालबालिकाको दैनिक रुटिङ भित्र समावेस गर्नु पर्छ ।

रुटिन बनाइदिने
अलि–अलि डराउनु, आत्तिनु अहिलेको अवस्थामा सामान्य हो । तर धेरै डराएर रातभरी सुत्दैनन्, घरबाट बाहिर निस्कनै मान्दैनन्, रिसाउने, झर्कने, जति बेला पनि आत्तिने र त्रसित मात्र भइरहन्छन् भने उनीहरुको लागि रुटिन बनाइदिनु पर्छ । समयमा सुत्ने, उठ्ने, बिहान उठेपछि एक घन्टा व्यायामगर्ने, एक घन्टा जति किताब पढ्ने जस्ता कार्यहरु बालबालिकाको दैनिक रुटिङ भित्र समावेस गर्नु पर्छ । यसो गर्दा मानसिक समस्याबाट जोगाउन सकिन्छ ।

अभिभावकले छोराछोरीलाई समय दिने

अभिभावकहरुले आफ्नो बालबालिकासँग धेरै समय बिताउनु पर्छ । त्यसैले उनीहरुसँग बसेर लुडो चेस जस्ता घरभित्रै बसेर खेल्न सकिने खेल खेल्ने, सँगै किताब पढ्ने गर्दा एक्लो महशुस हुन पाउँदैन । जसले गर्दा मानसिक समस्याबाट जोगाउन सकिन्छ ।

रुची बुझ्ने

आफ्ना छोराछोरीको रुची के छ त्यसमा बाबुआमाले ध्यान दिनुपर्छ । उनीहरुको रुचीलाई पहिचान गरेर त्यहीअनुसारको काम गर्ने वातावरण बनाइदिनुपर्छ । जस्तै, माटोको सामान बनाउन, कथा, कविता लेख्न, गीत गाउन, चित्र कोर्न, नाच्न उनीहरुको रुची हुन सक्छन् ।

घरायसी काममा समावेश गराउने

घरायसी काममा समावेश गराएर पनि उनीहरुलाई मानसिक रुपमा स्वस्थ राख्न सकिन्छ । जस्तै, खाना पकाउन, कोठा सफा गर्न, पूmलमा पानी हाल्न लगायतका कामहरुमा उनीहरुलाई संलग्न गराएर पनि उनीहरुलाई सुरक्षित राख्न सकिन्छ ।

कोरोना के हो ? निषेधाज्ञा किन गरिएको हो ? अत्याश्यक नभई घरबाहिर किन जान हुँदैन ? यसबाट कसरी सुरक्षित हुन सकिन्छ ? जस्ता सबै कुराको जानकारी बालबालिकालाई दिनु पर्छ । साथै, अभिभावकले पनि यसमा ध्यान दिनुपर्छ ।



मनोवैज्ञानिक असरबाट कसरी जोगाउने ?

– अभिभावक तथा परिवारले झर्को नमानी उनीहरुको जिज्ञासा मेटाइदिनुपर्छ ।

– कोरोना के हो ? निषेधाज्ञा किन गरिएको हो ? अत्याश्यक नभई घरबाहिर किन जान हुँदैन ? यसबाट कसरी सुरक्षित हुन सकिन्छ ? जस्ता सबै कुराको जानकारी बालबालिकालाई दिनु पर्छ । साथै, अभिभावकले पनि यसमा ध्यान दिनुपर्छ ।

– सामाजिक सञ्जालमा विभिन्न प्रकारका भ्रामक समाचारहरु आइरहेका हुन्छन् । त्यस्ता समाचारहरुबाट बालबालिकालाई टाढा राख्ने ।

– बालबालीकालाई घरको काम गर्न लगाउने, आफ्नो काम आफैं गर्न सिकाउने जस्ता कार्यहरु गरेर पनि उनीहरुलाई व्यस्त राख्न सकिन्छ । उनीहरु व्यस्त भए भने कुनै पनि कुरालाई सोचेर त्रसित हुन पाउँदैनन् ।

– बालबालिकाहरुलाई स्वतन्त्र रुपमा युट्युव तथा टिभीमा अनावश्यक कुरामा भन्दा सन्देशमुलक र शिक्षामुलक भिडियोहरु हेर्न प्रेरित गर्ने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested