English

नेपाली मास्क युरोपदेखि अमेरिकासम्म (फोटो फिचर/भिडियो)



गरे के हुन्न र ? हातेमालो वुमन्स ग्रुपले उत्पादन गरेका मास्कले एक वर्षमै विश्व बजार पाएको छ । गत वर्ष लकडाउनबाट तारकेश्वर–९ का ११ जना सिर्जनशील महिलाहरु मिलेर उत्पादन सुरु गरेको मास्क यतिबेला अमेरिका, अष्ट्रेलिया स्पेन लगायतका देशमा विक्री हुन्छन् ।

नेपालमा लकडाउनसँगै आम्दानीका स्रोतहरु ठप्प भए । थुप्रै बेरोजगार बने । आर्थिक संकटकै कारण कतिले आत्महत्या गरे । यही अवस्था नजिकका दिदीबहिनीमा नआओस् र केही न केही काममा व्यस्त हुन सकियोस् भन्ने उद्धेश्यले ग्रुपको स्थापना गरिएको अध्यक्ष राधा सापकोटा बताउँछिन् ।

अभाव टार्न समूहका दिदीबहिनीका लागि आफैं मास्क बनाउने निधो गरे । उनीहरुले लगाएको देखेपछि अरुले पनि मास्कको अर्डर गर्न थाले ।

उनीहरुको उद्धेश्य सानो थियो । तर, त्यही उद्धेश्य र सीपले आज विश्वबजार पाएको छ । नेपालमा कोरोना भित्रिएसँगै मास्कको चरम अभाव हुन थाल्यो । समूहमा फेसन डिजाइनरदेखि सिलाइबुनाई गर्न सक्ने सिपालू महिलाहरु आबद्ध छन् । त्यसैले अभाव टार्न समूहका दिदीबहिनीका लागि आफैं मास्क बनाउने निधो गरे । उनीहरुले लगाएको देखेपछि अरुले पनि मास्कको अर्डर गर्न थाले ।

यसरी नै मास्कले व्यावसायिक रुप लिँदै गएको राधा बताउँछिन् । ‘सुरुमा त आफैंलाई लगाउन मास्क सिलायौं,’ उनी भन्छिन्, ‘हामीले लगाएको देखेपछि ग्रुपभन्दा बाहिरका महिलाहरुले पनि अर्डर गर्न थाल्नुभयो । यो सँगै मास्कले व्यवसायिक रुप लियो ।’

एकैजनाले १ हजार वटासम्म मास्क उत्पादन गर्न भ्याए । केहीसमयमै उनीहरुले बनाएको मास्क प्रभावकारी रहेको भन्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र युनिसेफ नेपालले अर्डर गर्यो । यसरी नै मास्कले विश्व बजारसम्मको छलाङ मार्न सफल भयो ।

छोटो समयमै राम्रो प्रतिक्रिया पाएपछि उनीहरुले केही थान मास्क बनाएर बजारमा लगे । बजारमा हारालुछ भयो । यहीक्रममा कान्तिपुर टेलिभिजन, साहसी नेपाल लगायतका संस्थाले मास्क अर्डर गरे ।

यो सँगै उनीहरुमा अवसर र दबाव दुवै थपियो । दिनरात नभनी मास्क उत्पादनमा केन्द्रीत भए । यतिसम्मकी दिनमा एकैजनाले १ हजार वटासम्म मास्क उत्पादन गर्न भ्याए । केहीसमयमै उनीहरुले बनाएको मास्क प्रभावकारी रहेको भन्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र युनिसेफ नेपालले अर्डर गर्यो । यसपछि मास्कले विश्व बजारसम्मको छलाङ मार्न सफल भयो ।

यतिमात्र कहाँ होर, उनीहरुले मिस नेपाल २०२० को कार्यक्रमका लागि मास्क बनाउने जिम्मा पाए । ‘मिस नेपालको मुखमा हामीले उत्पादन गरेको मास्क पुग्छ भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘यस्ता अवसरले हामीलाई थप जिम्मेवार बनाएको छ ।’

यो ग्रुपले उत्पादन गरेको प्रति मास्क ३५ देखि ७ सय रुपैयाँसम्म पर्छ । कपडाको गुणस्तर अनुसार मास्कको मूल्य निर्धारण हुने राधा बताउँछिन् । ‘कपडा अनुसार मूल्यमा फरक पर्छ,’ उनले भनिन्, ‘दुईवटा फिल्टर राखेर साधारण कपडाको मास्कलाई ३५ रुपैयाँ लिन्छौं यसभन्दा माथि डिजाइन र कपडामा भर पर्छ । अहिलेसम्म ७ सय रुपैयाँसम्मको मास्क बेचेका छौं ।’

नेपाली कपडामा जोड, मास्कमा डब फिल्टर

उनीहरुले अहिले प्राय नेपाली कपडामा जोड दिएर मास्क बनाइरहेका छन् । विशेषगरी ढाका, हाकुपटासी लगायतका कपडालाई विश्वसामू प्रवद्र्धन गर्ने उनीहरुको उद्धेश्य छ । जसमा कटन, लेनिन लगायतका कपडा पनि प्रयोग हुन्छन् ।

मास्कको गुणस्तरियतालाई पनि उनीहरुले उत्तिकै ख्याल गरेका छन् । मास्कमा दुईवटा फिल्टर राखिएका छन् । त्यसलाई कपडाको लेयरले छोपिएको छ । त्यसो त उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया आएको राधा सुनाउँछिन् ।

७ सय रुपैयाँसम्मका मास्क

यो ग्रुपले उत्पादन गरेको प्रति मास्क ३५ देखि ७ सय रुपैयाँसम्म पर्छ । कपडाको गुणस्तर अनुसार मास्कको मूल्य निर्धारण हुने राधा बताउँछिन् । ‘कपडा अनुसार मूल्यमा फरक पर्छ,’ उनले भनिन्, ‘दुईवटा फिल्टर राखेर साधारण कपडाको मास्कलाई ३५ रुपैयाँ लिन्छौं यसभन्दा माथि डिजाइन र कपडामा भर पर्छ । अहिलेसम्म ७ सय रुपैयाँसम्मको मास्क बेचेका छौं ।’

पहिलो लकडाउनले संगठित बनाएको यि महिलाहरुलाई कोरोनाको दोस्रो लहरले फेरि भ्याइनभ्याई बनाएको छ । बजारमा मास्कको अभाव हुन थालेपछि उनीहरुलाई देश तथा विदेशबाट मास्कको अर्डर आउन थालेको छ । त्यसैले अहिलेको बन्दाबन्दीमा पनि उनीहरु मास्क उत्पादनमा निरन्तर खटिएका छन् ।

हातेमालो वुमन्स ग्रुपकी संस्थापक अध्यक्ष राधा सापकाेटा

भिडियो हेर्न तलको लिंकमा जानुहोस्



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।