बहराइनका राजकुमार सगरमाथा आरोहणपछि काठमाडौंमा (फोटो/ भिडियोसहित)
सगरमाथाको सफल आरोहणपछि बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफाको टोली बुधवार साँझ लुक्ला हुँदै हेलिकप्टरबाट काठमाडौं आइपुगेको छ । टोलीले मंगलबार बिहान ५:३० देखि ६:४५ का बीचमा सगरमाथाको आरोहण गरेको थियो । यो टोली सिजनकै पहिलो विदेशी आरोहण दल समेत बन्न पुग्यो । आरोहणका क्रममा खिचिएका केही तस्विरहरू ।









