मास्कको भारी : कोही लाउँदै नलाई, कोही चलाको चलाई
के घर, के संसद जताततै कोरोना । तर, नेतालाई डरै छैन । डर नभएको हो वा लापरवाही हो । उनीहरु आफैं जानुन् । सरकारबाट स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गर्नु र त्यसैको सर्वोच्च निकाय संसदमा उभिएर बोल्ने सांसदहरुले लापरवाही गर्नुले आममानिसमा कस्तो सन्देश जाला ?
प्रधानमन्त्री ओलीले नै रोष्टममा उभिएर बोलिरहँदा ७ पटक मास्क तलमाथि सारे । बोल्दाबोल्दै बीचमै उनले केएन ९५ मास्क खोलेर सर्जिकल मास्क लगाए ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिने प्रयोजनले बोलाइएको प्रतिनिधि सभाको विशेष अधिवेशनमा बोल्ने क्रममा अधिकांश सांसदहरुले मास्कको उचित प्रयोग गरेको देखिएन । मास्क ‘कोही लाउँदै नलाई, कोही चलाको चलाई’ गरेको दृश्य देखियो ।

प्रधानमन्त्री ओलीले नै रोष्टममा उभिएर बोलिरहँदा ७ पटक मास्क तलमाथि सारे । बोल्दाबोल्दै बीचमै उनले केएन ९५ मास्क खोलेर सर्जिकल मास्क लगाए । ओलीले विश्वासको मत मागिसकेपछि अन्य शीर्ष नेताहरुको पालो आयो ।

ओलीपछि रोस्टममा उक्लिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बोलुन्जेल मास्कमा हात लगेनन् । तर, बेन्चमा बसेपछि भने पटक–पटक चिउँडोमा राख्दै गफिँदै गरेको दृश्य देखिन्थो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले पनि बारम्बार मास्क चलाइरहे । सदनमा प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय लिएर रोस्टममा पुगेका उनले पनि ५ पटकसम्म मास्कमा हात पु-याए ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले रोष्टममा उभिएर बोलिरहँदा मास्क लगाउने तरिकै थाहा नभएको हो कि जस्तो भान हुन्थ्यो । मास्क लगाएरै रोस्टमसम्म पुगेका ठाकुरले मास्क चिउँडोमा झारेर भाषण सुरु गरे । उनले लगभग १० मिनेटसम्म भाषण गर्दा पनि चिउँडोमै थियो ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले त झन् मास्क नै लगाएनन् । पहेंलो रङको केएन ९५ मास्क लगाएर रोष्टममा उक्लिएका उनी मास्क खोलेरै बोल्न थाले । १० मिनेटजति भाषण गरेपनि हातमा मास्क झुन्डाएर फर्किए ।

संसद सचिवालयका अनुसार ३४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संसदभित्रै कोरोना पुष्टि भइरहँदा पनि सांसदले मास्कको भने प्रभावकारी प्रयोग गरेको पाइएन ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि कोरोना प्रोटोकलको खिल्ली उडाए । सेतो मास्क लगाएर रोस्टमसम्म पुगेको उनको मास्क बोल्ने बेला मुखमा रहन सकेन । मास्क खोलेरै भाषण दिन थाले ।

सुवालपछि राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको पालो आयो । उनले पनि त्यही गल्ती दोहो-याइन् । उनलाई पनि मास्कको भारी भयो र मास्कबिनै भाषण दिएर फर्किइन् । त्यस्तै, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको पनि बेलाबेलामा मास्कतिर हात गएको देखिन्थ्यो ।

संसद सचिवालयका अनुसार ३४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संसदभित्रै कोरोना पुष्टि भइरहँदा पनि सांसदले मास्कको भने प्रभावकारी प्रयोग गरेको पाइएन ।
प्रधानमन्त्री ओली पदमुक्त, प्रतिनिधि सभाबाट प्रत्यक्ष प्रसारण
यो पनि पढ्नुहोस्
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
के कोरोना जैविक हतियार हो ?
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य