English

सोमवार ४ हजार ७ जनाले जिते कोरोना



गत २४ घण्टामा नेपालमा ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७ सय ९४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका कारण १ सय ३९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या ३ हजार ८ सय ५९ पुगेको छ । नेपालमा गत २४ घण्टामा ९ हजार २ सय ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । नेपालमा ४ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ९३ हजार १ सय ४१ जना छन् ।

यो पनि पढ्नुहोस्

महामारीमा झनै बढे लैङ्गिक हिंसा

‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’

के कोरोना जैविक हतियार हो ?

गाउँका डाक्टर : पुछारे माइला

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?

होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?

कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?

अन्योलमा राष्ट्रिय जनगणना

कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार