English

तेस्रो विश्वयुद्धको चर्चा

के कोरोना जैविक हतियार हो ?



कोरोना भाइरसलाई लिएर चीनको दाबीमाथि अहिलेसम्म कसैले स्वीकारेका छैनन् । हरेकको यही प्रश्न छ कि, चीनमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो, तर अहिले यति सुरक्षित कसरी छ ? कसरी चीनले ६ देखि ८ महिनामै कोरोनालाई नियन्त्रण गर्यो । जबकी अमेरिका जस्ता शक्तिशाली र विकसित देशले समेत २ वर्ष यता घुँडा टेकीरहेका छन् । ।

हालै एउटा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । जो कोरोना भाइरससँग सम्बन्धित छ र चीनमाथिको शंकालाई झनै डरलाग्दो बनाएको छ ।
यो रिपोर्ट २०१५ को घटनाक्रमसँग जोडिएको छ । जुन बेला मानिस कोरोनासँग अन्जान थिए । तर चीनले त्यहिबेला कोरोना भाइरसलाई हतियारको रुपमा प्रयोग गर्ने बारेमा परीक्षण गरिरहेको थियो । यति मात्रै होइन, चिनियाँ सैन्य वैज्ञानिकले तेश्रो विश्व युद्ध जैविक हतियारबाट हुने भविष्यवाणी गरेको भन्ने आशंका छ ।

अमेरिकी विदेश विभागले पाएको जासुसी दस्ताबेजको श्रोत दिँदै मिडिया रिपोर्टमा यो दाबी गरिएको हो ।

भाइरस कृत्रिम रुपमा परिवर्तन गर्न मिल्ने र यसले मानवलाई बिरामी बनाउने भाइरस उत्पत्ति गर्न मिल्ने गरी बनाइएको बताइएको छ ।

ब्रिटेनको ‘द सन’ न्यूजपेपरले अष्ट्रेलियाको समाचार पत्र ‘द अष्ट्रेलियन’को श्रोत दिँदै अमेरिकी विदेश विभागले हात पारेको बम्बशेल अर्थात् बिस्फोटक जानकारीको अनुसार चिनियाँ सेना पीएलएका कमाण्डरले यो कुटिल पूर्वानुमान लगाइरहेका छन् ।

अमेरिकी अधिकारीले पाएका यी कथित दस्तावेजमा २०१५ मा सैन्य वैज्ञानिक र चीनका स्वास्थ्य अधिकारीले लेखेका थिए । जो आफैँ कोरोना भाइरसको बारेमा अनुसन्धान गरिरहेका थिए ।

चिनियाँ वैज्ञानिकले ‘सार्स कोरोना’ भाइरसको चर्चा जेनेटिक हतियारको नयाँ युगको रुपमा गरेका छन् । कोरोना यसको एउटा उदाहरण हो । चिनियाँ सैनिकले यसको चर्चा एक जैविक हमलाबाट शत्रुको स्वास्थ्य व्यवस्थालाई ध्वस्त पार्न सकिनेको रुपमा गरेका छन् ।

चिनियाँ सैनिकले यो दस्तावेजमा अमेरिकी वायुसेनाका कर्नल माइकल जेको अध्ययनलाई पनि नियालेको बताएका छन् । जसले तृतीय विश्वयुद्ध जैविक हतियारबाट लड्ने भविष्यवाणी गरेका थिए ।

चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले यो लेख प्रकाशित गरेको भन्दै ‘द अष्ट्रेलियन‘को आलोचना गरेको छ र यसलाई चीनको छवि बिगार्न रचेको षड्यन्त्र बताएको छ ।

यसमा भाइरस कृत्रिम रुपमा परिवर्तन गर्न मिल्ने र यसले मानवलाई बिरामी बनाउने भाइरस उत्पत्ति गर्न मिल्ने गरी बनाइएको बताइएको छ । त्यसपछि एउटा यस्तो हतियारको रुपमा प्रयोग गर्न सकिन्छ, जो संसारमा कसैले देखेको थिएन ।

यो दस्तावेजमा चीनको प्रमुख स्वास्थ्यअधिकारीहरुको लेख रहेको बताइएको छ । कोरोनाको पहिलो केस २०१९ मा फेला परेको थियो । त्यसपछि यो वैश्विक रुपमा फैलिएको थियो ।

यो खुलासापछि अष्ट्रेलियन राजनेता जेम्स पेटरसनले यो दस्तावेजले कोरोनाको उत्पत्तिलाई लिएर चीनमाथि थप शंका पैदा गरेको बताएका छन् । तर चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले यो लेख प्रकाशित गरेको भन्दै द अष्ट्रेलियन‘को आलोचना गरेको छ र यसलाई चीनको छवि बिगार्न रचेको षड्यन्त्र बताएको छ ।

यो पनि पढ्नुहोस्

महामारीमा झनै बढे लैङ्गिक हिंसा
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
अन्योलमा राष्ट्रिय जनगणना
कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।