English

निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?



डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएका कारण नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यसैले मानिसहरु घरभित्रै छन् । यस्तो बेला धेरैजसोले समय बिताउनका लागि घरमै मीठो–मीठो परिकार बनाउने खाने गर्छन् । यसरी घरमै स्वस्थकर खानेकुरा बनाएर खानु त राम्रै हो । तर, त्यसको मात्रा नमिल्दा विभिन्न खाले स्वास्थ्य समस्या देखिन सक्छ ।

यस्तो अवस्थामा शारीरिक कसरत कम नहुने हुँदा खानाको मात्रा नमिल्दा मोटोपना, मधुमेह र प्रजनन स्वास्थ्यमा असर पर्दछ । त्यसैले यस्तो अवस्थामा घरमा बस्दा के खाने के नखाने भन्ने बारे चर्चा गरिएको छ:

के खाने ?

– घरमै बनेको स्वस्थकर खानेकुरा खानुपर्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । तर, घरमा बनाएको खाना खाँदा सन्तुलन मिलाउनुपर्छ ।
– हरिया सागपात तथा फलफुल प्रशस्त खाने ।
– टुसा उमारिएका गेडागुडी खाने ।
– झोलिलो खानेकुरामा बढी जोड दिने ।
– नियमित दही सेवन गर्ने । यसले पाचन प्रणाली राम्रो हुन्छ ।
– कागती र गोलभेडाको अचारहरु तथा अन्य भिटामीन सी प्राप्त हुने खानेकुरा खाने ।
– स्वस्थकर खाना खाएर मात्र पनि हुँदैन खाएको कुरा पचाउनका लागि घरभित्रै योग तथा व्यायाम पनि एकदमै जरुरी छ ।

यी नखाने ?

– चिल्लो अथवा तारेका खानेकुरा नखाने ।
– एकैपटक धेरै नखाने । किनभने शारीरिक व्यायाम कम हुनाले अपच हुन सक्छ ।
– चाउचाउ, चिप्स तथा अन्य जंक फुडको सेवनले बालबालिकामा कुपोषण र वयस्कमा माटोपन देखिने हुँदा यस्ता खानेकुरा नखाने ।
– रेष्टुरेन्टहरुबाट अर्डर गरिएका खानेकुरा नखाने ।
– अत्याधिक मसला प्रयोग गरिएका खानेकुरा नखाने ।
– अहिले गर्मीको मौसम छ त्यसैले बासी खानेकुराहरु नखाने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested