एकैदिन २९०५ जना कोरोना संक्रमण मुक्त
नेपालमा गत २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ९५ हजार ३ सय ९५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ रहेको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ५० जनाको मृत्यु भएको छ ।

योसमेत नेपालमा कुल मृतकको संख्या ३ हजार ७ सय ७९ रहेको छ । नेपालको क्वारेन्टाइनमा ३ सय ८० जना रहेका छन् भने आइसोलेसनमा ७८ हजार ६ सय २९ जना रहेका छन् । त्यस्तै अहिलेसम्म नेपालमा २५ लाख ९८ हजार ४ सय ५ जनाको कोरोना परीक्षण भएको छ ।




