English

महामारीमा यात्रु ठग्ने पक्राउ



महानगरीय ट्राफिक प्रहरी महाशाखाले महामारीमा यात्रुसँग बढी भाडा लिई ठगी गर्ने थप तीन जनालाई पक्राउ गरेको छ । निषेधाज्ञामा महाशाखाले छड्के चेकजाँच तथा अनुगमनलाई तीव्रता दिएको छ ।

महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गर्दै विशेष टोली परिचालन गरेका छौं,’ उनले भने, ‘टोलीले त्यस्ता स्थानहरूमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखेर नियन्त्रणमा लिने गरेका छौं ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट घर फर्कने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई बताउँछन् । उनीहरुलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिइएको हो ।

‘महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गर्दै विशेष टोली परिचालन गरेका छौं,’ उनले भने, ‘टोलीले त्यस्ता स्थानहरूमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखेर नियन्त्रणमा लिने गरेका छौं ।’

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ वर्षीय राम सुरेललाई यात्रु ठगेको आरोपमा पक्राउ गरिएको महाशाखाले पुष्टि गरेको छ । पक्राउ परेका सुरेललाई गौशाला वृत्त र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुबाट बढी भाडा लिइ ठगी गर्ने हालसम्म ८ जनालाई पक्राउ गरिसकिएको महाशाखाले जनाएको छ ।

काठमाडौंदेखि झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही ३ हजारदेखि ४ हजार ५ सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरिएको भट्टराईले बताए ।

विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुबाट बढी भाडा लिइ ठगी गर्ने हालसम्म ८ जनालाई पक्राउ गरिसकिएको महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested