काठमाडौं उपत्यकामा ३९७२ सहित देशभर ९०७० जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ सहित देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १ सय ४२ नमुना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा यतिबेला ७२ हजार ५ सय ६१ जना संक्रिय संक्रमित छन् । जसमध्ये ६७ हजार २ सय ४६ जना होम आइसोलेसन र ५ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा छन् ।

देशभर ६ सय ५२ जना संक्रमितको आइसियूमा उपचार भैरहेको छ जसमध्ये २ सय १ जना भेन्टिलेटरमा छन् ।
