English

अक्सिजनका खालि सिलिण्डर अस्पताललाई उपलब्ध गराउन मन्त्रालयको आह्वान



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन) को खालि सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली राख्ने गरेको पाइएकोले यस्ता सिलिण्डर अस्पतालमा कोभिड–१९ का संक्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खालि राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

अक्सिजन सिलिण्डरको संख्या ६ हजार २ सय ८८ रहेको र दैनिक १ हजार ४ सय ११ दशमलव ५ लिटर खपत भइरहेको जनाइएको छ ।
अधिकारीका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउन भनिएको हो ।

मन्त्रालयले खालि र भरेर भण्डारण गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ ।सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा सिलिण्डर अझै पनि सरकारको निर्णय विपरित धेरै उद्योगधन्दामा प्रयोग भइरहेको मन्त्रालयको अनुगमनका क्रममा फेला परेको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार