चितवनमा भेटियो दुर्लभ चरा पर्पल कोचोवा
चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि देखिएको हो । वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहा वार्ड नम्बर ५ स्थित मगरटोलमा यसको तस्बिर खिचेका हुन् । चितवनको लागि यो चरा नौलो भएको समेत उनले बताए । चरा भने पहिलोपटक सन्तोष चौधरीले देखेका हुन् ।

अत्यन्त लजालु स्वभावको यो प्रजातिको चरा अध्यारो बन क्षेत्रमा लुकेर बस्न मन पराउँछ । यो चरा जंगलको छाँयामा गाढा देखिन्छ र सूर्यको प्रकाशले उज्यालो पार्दा मात्र यसको रंग स्पष्ट हुन्छ । मुकुट चाँदी जस्तो नीलो देखिने यो चराको आँखामाथि कालो मास्क हुन्छ । यो प्रजातिको प्रजनन मौसम मे देखि जुलाई सम्म हुन्छ । यसले काँटामा कप आकारको गुँड बनाउँछ।


तस्बिर : मिलन तामाङ