English

एसईई दिएका किशोरी लक्षित ‘मिस एसईई इटहरी’को अडिसन बैशाख पहिलो साता



इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।

यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत हो ।

प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested