English

हङकङमा कवि सुमल कुमार गुरुङको एकल कविता वाचन



१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ । जोर्डनस्थित याक एण्ड यति रेष्टुरेन्टमा आयोजित कार्यक्रमको प्रथम खण्डमा कविता वाचन, दोस्रोमा मुक्तक वाचन तथा चार कविहरुद्वारा सुमलका चार कविता वाचन । र तेस्रो खण्डमा गजल वाचन गरिएको थियो । कार्यक्रम आयोजनाका लागि कवि सुमलले आयोजक संस्था हङकङ साहित्यिक साझा श्रृखलालाई धन्यवाद व्यक्त गर्दै यसको निरन्तरताका लागि शुभकामना दिएका थिए ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्वद्र्धनका लागि साझा श्रृङ्खलाले विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरू भेला भएर साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको सहसंयोजक रोशन याक्सोले बताए ।

जगत अम्बु गुरुङ/हङकङ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested