English

चितवनमा देखियो विश्वमै दुर्लभ खरायो : हिस्पिड हेयर



सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पटनामा देखिएको छ । यो Caprolagus जीनसमा एक मात्र प्रजाति हो । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९८४ पहिलोपटक हिस्पिड खरायो रेकर्ड गरिएको थियो । त्यसपछि जनवरी २०१६ मा देखिएको यो प्रजातिको खरायो हालै चितवन सौराहाका चुडामणी चौधरीले देखेका हुन् । यसको तस्बिर वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले खिचेका थिए ।

यो प्रजातिको खरायो बंगलादेश, भारत, नेपाल र भुटानमा छिटपुट रुपमा मात्र पाइने गरेको छ । यो अग्लो घाँसे मैदानहरूको इलाकामा बसोबास गर्छ । सुख्खा मौसममा भने दलदली क्षेत्रहरू तथा नदी किनारको घाँसमा बसोबास गर्छ । आकारमा सानो हुने यो खरायो बिहान र साँझमा बढी सक्रिय हुन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested