English

हङकङमा मर्स्याङदी नाईट हुने



लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ । उक्त कार्यक्रममा राजु परियार, माया गुरुङ, खुस्बु गुरुङ, मञ्जु बिके, छेवाङ लामा तथा ब्याण्ड लगायत स्थानीय कलाकारहरुको पनि सहभागिता रहनेछ । हङकङमा रहेका लमजुङेलीहरुको यो संस्थाले छैठौंपटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मनोरंजन सँगै प्रवासमा नेपाली कला संस्कृती प्रर्वद्धन हेतु निरन्तर कार्यक्रम आयोजना गर्दै आएको संस्थाले जनाएको छ । आइतबार आयोजित जानकारी सभामा कार्यक्रमबाट संकलित रकम शिक्षा, स्वास्थ्य, खेलकुद र दैविक प्रकोप लगायतका परोपकारी काममा खर्च गरिने जनाइयो ।

जगत अम्बु गुरुङ/हङकङ



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्