English

हङकङमा मनाईयो संविधान दिवस 



हङकङमा संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी,बुद्धिजिवीहरूको उल्लेख्य उपस्थिति थियो।

महावाणिज्यदूत उदयबहादुर राना मगरले नेपाली जनताले आफ्नै शासकीय व्यवस्था, आफैले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धतीको स्थापना गरेको भन्दै यो उपलब्धिलाई सबैले खुसीका साथ मनाउनुपर्ने धारणा राखे।

हङकङ सरकार प्रशासनका मुख्य सचिव चान क्वोक किले तीव्र विकासमा तल्लीन हङकङ र नेपालको व्यापारिक सम्बन्ध सुदृढ रहेको भन्दै नेपालको विकास र आर्थिक उन्नतिका लागि शुभकामना दिए । 

कार्यक्रममा सांस्कृतिक नेवारी लाखे नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

तस्बिर : जगतअम्बु गुरुङ



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा