English

२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१



हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने मेला काठमाडौँको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आजबाट सुरु भएको हो ।

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा.लि. (इभेन्ट संसार डट कम) को व्यवस्थापनमा यो मेला सुरु भएको हो । मेलाको समुद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गरिन् । मेलाको शुभारम्भमा मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेशनल करुणा रावत लगायत सहभागी थिए ।

श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् । महिला दिदीबहिनीहरुको आर्थिक सशक्तिकरण र बजारीकरणको लागि २० वर्षअघि सुरु गरेको मेला अहिले २१ वर्ष पुरा भएको उनले बताइन् । ‘महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’ अध्यक्ष मिलु थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीको विकास नभइ केही पनि विकास नहुने बताउँदै उद्यमशीलताको वृद्धि र महिलाको विकासमा टेवा पुर्याउन यस्ता मेला आवश्यक रहेको बताइन् । महिलालाई अगाडि बढ्न आफूले सबैखालको सहयोग गर्ने उनले बताइन् ।

उद्यमशील महिलाहरुलाई प्रमोट गर्ने खालको कार्यक्रम भएकोले आफूलाई अत्यन्तै राम्रो लागेको मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले बताइन् । अब चाडबाड लागेकोले चाडबाडको बेला नेपाली उत्पादन नै प्रयोग गर्न र नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन दिन पनि उनले आग्रह गरिन् ।

यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहेका र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको मेला व्यवस्थापक पशुपति केसीले बताए । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको छ । मेला आज भदौ ७ गतेदेखि ९ गतेसम्म चल्नेछ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।