English

सौराहामा पहिलोपटक भेटियो डल्फिन

डल्फिन विश्वमै दुर्लभ अनि लोपोन्मुख पनि


चितवनको सौराहास्थित ढुंग्रे खोलामा बिहिबार दिउँसो डल्फिन देखिएको छ । सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहाको ढुम्रे र राप्तीको दोभानमा पहिलोपटक डल्फिन देखेको बताए । नारायणी नदीमा डल्फिन देखिदै आएको भएपनि सौराहामा भने यसरी विरलै देखिने गरेको छ । ‘सौराहामा डल्फिन देखिनु अत्यन्तै खुशीको कुरा हो’, उनले भने, ‘चालिस वर्षमा मैले पहिलोपटक सौराहामा डल्फिन देखे’ । डल्फिनको तस्बिर उपकार महतोले खिचेका हुन् ।

डल्फिन विश्वमै दुर्लभ अनि लोपोन्मुख पनि
जलीय प्राणीको सबभन्दा माथिल्लो खाद्य श्रृंखलामा पर्ने डल्फिन समुन्द्रमा मात्र होइन, नदीको स्वच्छ जल क्षेत्रमा पनि पाइन्छ । डल्फिन दुई प्रकारको हुन्छ, नुनिलो पानीमा पाइने समुन्द्री डल्फिन र स्वच्छ जल क्षेत्रमा पाइने डल्फिन । जसलाई फ्रेस वाटर डल्फिन पनि भनिन्छ । यो विश्वको दुर्लभ जलचर प्राणी हो । नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई स्तनधारी प्राणीको अनुसूची १ मा संरक्षित वन्यजन्तुको रूपमा सूचिकृत गरेको छ । अन्तर्राष्ट्रिय वन्यजन्तु कानूनले पनि यसलाई संरक्षण सूचीमा राखेको छ ।
स्वच्छ जल क्षेत्रमा चार प्रजातिका डल्फिन पाइन्छन् । यी प्रजातिहरू मध्ये गंगा नदी प्रणालीअन्तर्गतका विभिन्न नदीमध्ये नेपाल भएर बग्ने कोशी, नारायणी तथा कर्णालीमा करिब एक सय डल्फिन रहेको अनुमान छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आईयुसीएन० ले २०१६ मा गरेको सर्वेक्षणको तथ्याङ्क अनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन भेटिएको छ । जस मध्ये ९ कोशी र ४३ डल्फिन कर्णालीमा भेटिएको थियो । त्यसपछि सरकारको तर्फबाट आधिकारिक सर्वेक्षण भएको छैन ।

समुदाय स्तरमा डल्फिनलाई पानीको सूचकको रूपमा पनि लिइन्छ । वर्षा याममा डल्फिन जति–जति माथि जान्छन् त्यही आधारमा खोला बढ्ने र बाढी आउँछ भन्ने सूचकको रूपमा मानिन्छ । यदि डल्फिन–तल झर्न थाले भने अब पानी घट्छ, बर्खा सकिएछ भन्ने थाहा हुन्छ । बाघलाई स्वस्थ जंगलको सूचक माने झैँ डल्फिनलाई स्वस्थ नदीको सूचक मानिन्छ ।



सम्बन्धित खबरहरु

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द