English

सुनिता दुलालको ‘नबोल अरु सँग’ सार्वजनिक



‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ । नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन ।

दुलालका पियारी, यो रमाईलो तिजैमा, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् । तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन् ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा