English

लोकदोहोरी

प्रतिष्ठानको भवन अब कोरोना आइसोलेसन



कोरोना संक्रमित कलाकर्मीहरुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन आइसोलेसन वार्डका रुपमा प्रयोग गर्न सक्नेछन् । थुप्रै कलाकर्मी कोरोना संक्रमित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले भाडाका घरमा बस्न अप्ठ्यारो परे आफ्नो भवनलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न सक्ने विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिष्ठानले संक्रमित कलाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सुरक्षित रहन समेत आह्वान गरेको छ । रिता थापा मगर संयोजक रहने गरी प्रतिष्ठानले कोभिड १९ आकस्मिक सहयोग समिति समेत गठन गरेको छ ।

लोकदोहोरी क्षेत्रका दर्जनबढी कलाकार कोरोना संक्रमित रहेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । यसमध्ये अधिकांश कोठा भाडामा बस्नेहरु भएकाले उनीहरुलाई अप्ठ्यारो नपरोस् भन्ने हेतु प्रतिष्ठानको भवनलाई आइसोलेसन बनाउने निर्णय गरिएको बिजीले बताए ।

‘प्रतिष्ठानको भवनमा २० जनासम्म बस्न मिल्छ,’ उनले भने, ‘किचन, पानी र सिरक, डस्नाको पनि सुविधा छ ।’ प्रतिष्ठानले अघिल्लो लकडाउनमा पनि संक्रमित १० कलाकारलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ र खाद्यान्न सहयोग गरेको थियो ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested